सुरक्षाको कारण देखाउँदै पाकिस्तानद्वारा मुख्य नाका बन्द
नेपालबहस संवाददाता
माघ १५, २०७६ बिहिबार १:३५:११
१५ माघ, काठमाडाैं । पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो ।
‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको बताए ।
“हामीले अफगानिस्तानसँग कुराकानी गर्ने र सम्पर्क गर्ने गरिरहेका छौँ, अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुन्छ भन्ने विश्वास लिएका छौँ”, उनले भने । नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुवैतर्फ ठूलो सङ्ख्यामा आम नागरिक तथा सवारी साधनहरु अलपत्र परेको पत्रकार राहत शिन्वारीले सिन्ह्वालाई जानकारी दिए । “नाका अहिले बन्द अवस्थामा रहेको छ”, शिन्वारीले भने ।
अफगानिस्तानको पूर्वी नानगार्हार प्रान्तका अधिकारीहरुले पनि सीमानाका बन्द गरिएको पुष्टि गरेका छन् । नानगार्हारका प्रवक्ता अतुल्लाह खोग्यानीले दुवै देशका अधिकारीहरुका बीचमा कुराकानी भइरहेको जानकारी दिए । उनीहरुले नाका पुनः खुला गर्ने बारेमा पनि कुरा गरेको खोग्यानीको भनाइ छ ।
तालिवानी लडाकूको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु
तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ ।
“बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको प्रयोग गरी आर्ची जिल्लाको सदरमुकाममा आक्रमण गरेका र घटनामा १२ सैनिक र एक प्रहरीको घटनास्थलमा नै मृत्यु भएको छ,” प्रान्तीय परिषद्का सफिउल्लाह अमिरीलाई उद्धृत गरी स्थानीय एरिआना न्यूज टेलिभिजनले बताएको छ ।
घटनामा आठ सैनिक र चार प्रहरी घाइते भएका र उनीहरूलाई उपचारका लागि पठाइएको छ । आर्चीका जिल्ला प्रमुख नसरूद्दिन नाजारी सादीले उक्त घटनामा १५ तालिवानी विद्रोहीको मृत्यु भएको र पाँच लडाकू घाइते भएको बताइएको छ । भिडन्त करिब चार घण्टासम्म भएको समाचारहरु सार्वजनिक भएका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
असार १०, २०८१ सोमबार
दिल्लीवासीले पानी नपाउँदा सम्म अनिश्चितकालीन अनशन जारी रहने अतिशीको भनाइ
असार १०, २०८१ सोमबार
कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू
असार १०, २०८१ सोमबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
असार १०, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १०, २०८१ सोमबार
संसदका कर्मचारीको भत्ता बढाइने, ७ बुँदे सहमति
असार १०, २०८१ सोमबार
काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख
असार १०, २०८१ सोमबार
मौलापुरले प्रस्तुत गर्यो ३९ करोडको बजेट
असार १०, २०८१ सोमबार
नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
असार १०, २०८१ सोमबार
बालेन शाहलाई उपमेयर सुनिताको सुझाव, ‘पदको मर्यादा राखेर अभिव्यक्ति दिनू’
असार १०, २०८१ सोमबार
नगरपालिकाद्वारा रत्ननगरका किसानलाई भैँसी वितरण
असार १०, २०८१ सोमबार