कोरोना भाइरस : १ सय ७० जनाको मृत्यु !
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार १६:५४:२७
१६ माघ एजेन्सी । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको छ । यो सँगै कोरोना भाइरसबाट एक हजार सात सय नयाँ व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको छ ।
त्यस्तै १२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ । चिकित्सकका अनुसार सङ्क्रमित व्यक्तिमध्ये पाँच जनामध्ये एक जना व्यक्तिमा गम्भीर निमोनियाको लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ ले कोरोना भाइरसलाई लिएर उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन स्वास्थ्य कार्यक्रमले कोरोना भाइरसबारे सचेत रहन र यसविरुद्ध लड्न विश्वलाई आव्हान गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनले ‘कोरोनाको सङ्क्रमण र नियन्त्रण’ बारेको बैठकपछि विश्वमै कोरोनाले आपत सिर्जना गर्ने भन्दै थप फैलन नदिइ नियन्त्रण गर्न विश्व जुट्नुपर्ने बताएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्ससँगै विश्वका १६ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एडहेनोमले भने, ‘कोरोना भाइरसलाई विश्व स्वास्थ्य आपतकाल घोषण गर्ने कि नगर्ने भन्ने बारेमा बिहीबार फैसला लिइनेछ ।’
महानिर्देशक एडहेनोमले यो समस्या विश्वभरि नै फैलन आशङ्का बढेको छ र यसको समाधानका लागि सबै विश्व नै तयार हुनुपर्ने बताएका छन् । चिनियाँ अधिकारीहरुले अहिलेसम्म सङ्क्रमितमध्ये एक सय २४ जना उपचारपछि पूर्णरुपमा निको भएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार