नेपाल ट्रष्टलाई सांसदहरुको प्रश्न, यती समूहको समय सकिनुअगावै किन लिजमा दिइयो

नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार २२:१६:१०

१६ माघ काठमाडौं । स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरुपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
पूर्वराजपरिवारको सम्पत्तिको व्यवस्थापन तथा समन्वयका लागि नेपाल ट्रष्ट स्थापना गरिएको भए पनि ट्रष्टले व्यापारिक संस्थाको हितमा काम गरेको, समय सकिनुअगावै अपारदर्शीरूपमा सम्झौता गरिएको भन्दै सांसदहरुले गुनासो गरेका हुन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले नेपाल ट्रष्टले गरेका अधिकांश सम्झौतामा चलखेल भएको तथ्य र प्रमाणले स्पष्ट पारेको भन्दै किन त्यस्तो गरिएको हो, स्पष्ट पार्नसमेत आग्रह गरे।
समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारी तथा ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई अपारदर्शी रुपमा ट्रष्टको सम्पत्ति यती समूह तथा अन्य व्यावसायिक समूहलाई विनाप्रतिस्पर्धा दिएकामा सांसदहरुले आपत्ति जनाएका हुन् । बैठकमा सांसद डा मिनेन्द्र रिजालले नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी क्रियाकलाप बढेको, सम्झौता सकिनुभन्दा पाँच वर्ष पहिले यती समूहसँग गोकर्ण रिसोर्टको सम्झौता गरिएको भन्दै किन त्यस्तो गरिएको हो भन्ने प्रश्न गरे।
यस्तै सांसद तेजुलाल चौधरीले उक्त जग्गाका विषयमा टेबुलमुनिबाट कारोवार भएको दाबी गर्दै भने, “कुनै पनि जग्गा भाडामा दिन रु १० करोडभन्दा कमका लागि ६० दिन र त्यो भन्दा माथिका लागि १२० दिनको सूचना जारी गरेर बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था भए पनि किन त्यसो गरिएन उनले गोकर्ण रिसोर्ट रहेको जग्गाको सम्झौता सकिनुअगावै भाडामा लगाउँदासमेत आर्थिक चलखेल भएको आरोप लगाए ।
सांसदमा विरोध खतिवडाले सम्झौता अवधि पाँच वर्ष बाँकी छँदै गोकर्ण रिसोर्टको समय थप गर्नुपर्नाका कारण सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिए। खतिवडाले यसरी समयअगावै भाडा अवधि बढाउँदै जाने विषय कानूनी नजरमा कसरी ग्राह्य हुनसक्यो भन्ने प्रश्न गरे। गत मङ्सिर २३ गतेको मन्त्रिपरिषद् बैठकले गोकर्णको जग्गा भाडा लिएको यती समूहसँग सम्झौता गर्ने निर्णय भएको ट्रष्टका सहसचिव ज्ञवालीले जानकारी दिए । यही माघ २ गते रिसोर्टका सञ्चालकसँग ट्रष्टले सम्झौता गरिसकेको उनको भनाइ छ ।
ट्रष्टका सहसचिव ज्ञवालीले कानूनीरूपमा नै आफूहरुले सम्झौता गरेको समितिलाई जानकारी गराएपछि सभापति भरतकुमार शाहले कानूनको व्याख्या नगर्न आग्रह गर्दै सम्झौताको धरातल सार्वजनिक खरीद ऐनको मर्म र भावनाअनुसार छ कि छैन भन्ने समितिले हेर्ने बताए । सभापति शाहले समितिले उठाएका जिज्ञासाको जवाफ दिन सहसचिव ज्ञवालीलाई निर्देशन दिए । लगत्तै सहसचिव ज्ञवालीले जग्गा भाडामा लगाउने विषयमा कानून अभाव रहेको बताए ।
उनले दरबारमार्गमा यती समूहलाई दिइएको जग्गाका विषयमा थप अध्ययन आउने प्रतिबद्धता जनाए । बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले जग्गा भाडाको विषय जटिल भएकाले अहिल्यै आफूले केही बताउन नसक्ने भएकाले केही दिन अध्ययनपछि मात्रै भन्न सकिने उल्लेख गरे। त्यसपछि सभापति शाहले नेपाल ट्रष्टको सम्पूर्ण जग्गा भाडाका विषयमा सम्बद्ध अधिकारीलाई एक हप्ताको समय दिइएको जानकारी दिँदै त्यसपछि यसबारेमा विस्तृतरूपमा छलफल गर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार