मिर्मीमा नयाँ सबस्टेसन
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार २३:१३:५६
१६ माघ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन निर्माणगरि सञ्चालनमा ल्याएको छ ।
कालिगण्डकी जलबिद्युत केन्द्रको ड्यामसाईट नजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा साबिकको ईटाली चोकमा रहेको पुरानो जिर्ण सबस्टेसन जहाँ ३३/११ के.भी. १.५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर बाट लाईन बितरण गरिएकोमा उक्त सबस्टेसनको स्तरोन्नति गरी ३३/११ केभी, ६/८ एम.भी.ए. को पावर ट्रान्सफर्मर जडान गरिनुका साथै करिब १२ किलो मिटर ११ केभी लाईनसमेत निर्माण गरिएको छ ।
२०६८ सालदेखि उक्त स्थानमा एशियाली बिकाश बैङ्कको सहयोगमा सबस्टेसन निर्माण कार्यको थालनि गरिए पनि उक्त ठेक्का लिएको भारतिय निर्माण कम्पनी अरावली ईन्फ्रा पावर लिमिटेडले निर्धारित समयमा काम सम्पन्न नगरेको कारण उस्ले सम्पन्न गर्न बाँकी रहेको काम बंगलादेशको इनर्जी प्याक ईन्जिनियरिङ लिमिटेडले पुरा गरेको हो ।
हाल उक्त स्थानमा सञ्चालन गरिएको सबस्टेसनबाट स्याङ्जाको मिर्मी लगायत सेतिबेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मीको केही भाग, पर्वत जिल्लाको केही भाग लगायत रुरु क्षेत्रमा समेत विद्युत् सेवाको गुणस्तरमा सुधार र बितरण प्रणालीमा सहज भई करिब ९००० घर धुरीले गुणस्तरीय र भरपर्दो विद्युत् प्रयोग गर्न पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार