सवारीचालक अनुमतिपत्रको अनलाइन प्रणाली ह्याकरको निशानामा
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार १८:३५:२७
१७ माघ, काठमाडौं । असाध्यै सुस्त, झन्झटिलो र असहज किसिमको सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली ह्याकरको निशानामा परेको छ । तथापी यातायात व्यवस्था विभागले भने अनलाईन प्रणाली परिमार्जन गर्न लागिएकाले हाललाई सो सेवा बन्द गरिएको सुचना जारी गरेको छ ।
२१ औं शताब्दिको द्रुत इन्टरनेटको कुरा गरिरहने हाम्रो समाजमा यातायात व्यवस्था कार्यालयको वेवसाइट भने झुर नै रहेको छ । जसो तसो कामचलाउ अवस्थामा रहेको सो सर्भरमा बुटवल, पोखरालगायतका ठाउँको अनलाइन फारम प्रणालीमा ह्याकिङ भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।
सँधै जसो फारम भर्न अधिक लाेड पर्ने र लामाे समय खर्चिनुपर्ने सो पोर्टलबाट फारम भर्न सकिएन भनेर धेरै ठाउँबाट गुनासोसहित कार्यालयको टेलिफोन बज्न थालेपछि जाँचबुझ गर्दा पोखरा र बुटवलमा एउटै आईपी एड्रेसबाट अस्वभाविक रूपमा धेरै फारम भरिएको भेट्यिोएको थियो ।
अनलाईन फारममा समस्या आएपछि विभागले प्रहरीलाई पनि जानकारी गराएको छ । बिचौलियाहरुले बिहानै अनलाईन ह्याक गरेर पैसा तिर्ने सेवाग्राहीको फारम भर्ने गरेको समाचारहरु बाहिरिसकेका छन् । सोही कारण विभागले एउटा आइपी एड्रेसबाट सीमित फारममात्र भर्न मिल्ने गरी सिस्टम मिलाउने तयारी थालेको जनाएको छ । यस सम्बन्धमा थप जानकारी लिन खोज्दा सूचना अधिकारी तिर्थराज खनालले भने फोन उठाएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका संकेत देखिएका छन् : अध्यक्ष ढकाल
असोज ४, २०८१ शुक्रबार