काठमाडौंको यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार १८:४६:२९
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
१७ माघ, काठमाडौं । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिन्।
नेपाल खुला दिसामुक्त घोषणा भइसके पनि कामपाभित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय छन् “तीमध्ये मुस्किलले २० वटा मात्र प्रयोग भएका छन् ।” उनको भनाई थियो । राजधानीमै पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नहुनु अत्यन्त पीडादायक अवस्था भएको उल्लेख गर्दै उनले महानगरको यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता रहेको सुनाइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार