नेविसंघमा पौडेल र सिटौलाका सकस
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार १९:५:१०
१७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गरे, तर अपूरो । करिब ११ महिना पछि केवल तीन सदस्यीय । अध्यक्ष र दुई जना महामन्त्री । तीनै जना आफू पक्षीयलाई मात्र ल्याएका छन् देउवाले । आखिर किन त ?
भागबण्डामा कुरा मिली सकेपछि गठन भएको तदर्थ समितिमा सबै पक्षलाई समेट्न किन सकेनन् देउवाले ? यतिबेला धेरैलाई यो जिज्ञाशाको विषय बनेको छ ।
राजीव ढुंगानालाई अध्यक्ष बनाइयो भने मनोज बैद्य र महेश्वरी कुँवरलाई महामन्त्री । तीनै जना देउवा पक्षीय हुन् । असन्तुष्ट पक्षका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका प्रतिनिधिले भने पहिलो लटमा किन स्थान पाएनन् भन्ने कुराको खुलासा कसैले पनि आधिकारिक रुपमा गरिसकेका छैनन् ।
त्रिपक्षीय भागबण्डामा २१ पदाधिकारीसहित १२७ सदस्यीय कार्य समिति बनाइने समझदारी भएको थियो । गत गत मंगलबार नै पार्टी केन्द्रीय कार्य समितिको बैठकबाट तदर्थ समिति घोषणाको तयारीमा रहेका सभापति देउवालाई सिटौला पक्षधर विद्यार्थीले मूल गेटमै अवरोध सिर्जना गरि दिए ।
त्यसपछि देउवा तत्कालै घोषणा गर्ने तयारीबाट पछि हटेका थिए । तर लामो समय अन्यौलमा राख्दा विवाद अझै चर्कन सक्ने आँकलन गर्दै देउवाले हिजो पौडेल र सिटौलासँग पनि सहमति बमोजिमको नामावली मागे । दुबै नेताले केही दिन समय मागे । अनि बाध्य भएर देउवाले आफ्नो तर्फबाट अध्यक्ष र दुई महामन्त्रीको नाम सार्वजनिक गरि दिए ।
पदाधिकारीहरुले आगामी १२ औं महाधिवेशनमा उम्मेदवार बन्न नपाउने व्यवस्थाले गर्दा पौडेल र सिटौलालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । धेरैको चाहना पदाधिकारीमा रहने छ । मिलाउन मुश्किल भएको छ – पौडेल निकट एक विद्यार्थी नेताले भने ।
साथै पौडेललाई दिइएको भागमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी, शेखर कोइराला, सुजाता कोइरालालाई समेत समेट्नु पर्ने भाउँतो छ । त्यसैले उनी सबैको नाम दिन सकिरहेका छैनन् ।
आफ्ना पक्षबाट संभावितको ठूलै नामावली आएपछि पौडेल पदाधिकारी संख्या बढाउने प्रस्ताव लिएर सभापति देउवालाई भेट्ने तयारीमा रहेको पनि निकट स्रोतले बताएको छ । त्यसैले पौडेलका तर्फबाट सग्लो नाम दिन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।
अर्का असन्तुष्ट भनिएका सिटौलालाई पनि नाम दिन कम सकस परेको छैन । उनलाई सबैभन्दा ठूलो समस्या भनेको चाहिं पार्टी कार्यालयमा जारी विद्यार्थीको अनसन बनेको छ । आन्दोलनरत नेताहरु अधिकांश उनी पक्षधर छन् ।
अनसनकारीले उठाएको प्रमुख माग भनेको विधानमा व्यवस्था भए बमोजिम ३२ बर्षे हदबन्दी रहेको छ । तर त्यस विपरीत सिटौलाले त्रिपक्षीय सहमति जनाइसकेका छन् ।
अनशन टुटाउन उनले ठूलै प्रयास गर्दा पनि सफल हुन सकेका छैनन् । नेता गगन थापा र प्रदीप पौडेलमार्फत उनले अनसनरत विद्यार्थीलाई फकाउने प्रयास नगरेका होइनन् । तर त्यो प्रभावकारी हुन सकिरहेको छैन । त्यसैले सिटौला पनि तत्कालै आफू पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यको नाम दिन सक्ने अवस्थामा छैनन् ।
जबसम्म आफू पक्षीय नेताहरुले उठाएको विषयमा सैद्धान्तिक सहमति हँदैन, तबसम्म नाम दिने कुरा सहज देखिएको छैन ।
त्यसैले गर्दा नेविसंघको पूर्ण तदर्थ समिति बन्न अझै समय लाग्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका संकेत देखिएका छन् : अध्यक्ष ढकाल
असोज ४, २०८१ शुक्रबार
वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार