धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समयमै नियन्त्रण गर्न नसकिए देश धार्मिक द्वन्द्वमा फस्नसक्ने : राप्रपा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार २०:४:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/raprapap-e1578296772352_1qoP28I4kW.jpg)
१७ माघ, काठमाडौं । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालिएको हो ।
“राज्य सञ्चालनको हरेक पक्षमा सरकार असफल प्रमाणित भएको छ। देश र जनताको विश्वास जित्ने गरि सरकारले सकारात्मक परिवर्तनको अनुभूति दिन सकेको छैन।” पूर्वाधार विकासको क्षेत्रमा केही कार्यहरु भएता पनि आर्थिक सम्बृद्धिको निमित्त अनिवार्य शर्तको रुपमा रहने लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापार घाटाको न्युनिकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा सरकार पुरै असफल भएको छ’, अध्यक्ष थापाको प्रतिवेदनमा भनिएको छ ।
राजसंस्थालाई पाखा लगाएर शुरु गरिएको १४ वर्षको राजनीतिक अभ्यास पछि अहिले देश झन संकटग्रस्त हुँदै गएको आभास भएको समेत दावी गरिएको छ । अहिले धर्मपरिवर्तन डढेलो जसरी फैलिएको भन्दै राप्रपाले बेरोजगारी समस्या, सर्वसत्तावाद, बाह्य शक्तिको चलखेललगायत हाल देशमा विद्यमान मुख्य संकट र चुनौति भएको औँल्याएको छ ।
राप्रपाले धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समयमै नियन्त्रण गर्न नसकिए देश धार्मिक द्वन्द्वमा फस्नसक्ने चेतावनी समेत दिएको छ । ‘पछिल्लो तथ्यांक अनुसार तिव्र गतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल पहिलो नम्बरमा रहेको छ । धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समय मै नियन्त्रण गर्न नसकेमा यसले अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सदभाव र एकता खलबल्याउने र देशलाई गंभीर धार्मिक द्वन्द्वमा फसाउने टड्कारो संभावना देखिन्छ’, थापाको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार