नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार २२:१०:३१
१७ माघ, काठमाडौं । नेपाल प्रहरीको सई ( प्रहरी नायब निरीक्षक ) हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बसुन्धरा बस्ने रामेछाप मन्थली नगरपालिका–२ टेकनपुर घर भएका २६ वर्षीय राजु कार्की छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।
आफू प्रहरीको सई हुँ, काठमाडौं एयरपोर्टमा कार्यरत छु र आफूसँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अफ्ठेरोमा पर्न सक्छु भन्दै आफूसँग भएको ३० लाख रुपैयाँ दिने भनी कार्कीले सिन्धुपाल्चोक हेलम्बु घर भएका एक व्यक्तिबाट ३ लाख रुपैयाँ ठगी गरेको अनुसन्धान खुलेको प्रहरीले जनाएको छ ।
कार्कीले ती व्यक्तिलाई आफूसँग भएको ३० लाख खातामा हालिदिन्छु भनी बैंक ट्रान्जेक्सन देखाउन ३ लाखको चेक काट्न समेत लगाएका थिए । लगत्तै ३० लाख खातामा राखिदिन्छु र एउटै शाखाबाट उक्त रकम निकाल्न मिल्दैन भनी चाबहिलस्थित नेपाल बैंकको शाखामा लगि अलपत्र छोडी नेपाल बैंक लिमिटेड, कालिमाटी शाखाबाट नगद ३ लाख रुपैयाँ निकालेका थिए ।
कार्कीको साथबाट नगद ७ हजार ५ सय रुपैयाँ, बा ९१ प ७४४६ नम्बरको मोटरसाइकल, मोबाइल १ थान समेत बरामद गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार