चीनका नेपालीलाई उद्दार गर्न सरकारसँग देउवाको अनुरोध
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार २३:३०:२९
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहानका नेपालीलाई उद्दार गर्न सरकारसँग अुरोध गरेका छन् । कोरोना संक्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल गर्दै देउवाले यस्तो अनुरोध गरेका हुन् ।
देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अन्तराष्ट्रीय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता संगै नेपालले राख्नु पर्ने सतर्कता र सरकारले निर्वाह गर्नुपर्ने कर्तव्य बारे सजग गराउंदै म सार्वजनिक अपिल गर्न चाहान्छु ।
कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कता बारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी छ । नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न नेपाली कांग्रेसका साथीहरुसंगै सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई देउवाले बिशेष आग्रह गरेका छन् ।
नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गरेका छन्। कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुस्खद र आपत्तिजनक छ । कोरोना भाईरसको संक्रमणबाट जोगाउंदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार