झापामा सशस्त्र प्रहरीको जग्गा अतिक्रमणमा
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार २३:५७:११
सन्तोष शर्मा
१७ माघ, काठमाडौं । झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको पाथिभरा जवान तालीम शिक्षालयको जग्गा अतिक्रमणको चपेटामा परेको छ ।
शिक्षालयको १५० बिघामध्ये ८७ बिघा जग्गा अतिक्रमणको चपेटामा परेको हो । शिक्षालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुदिपजङग थापाले विभिन्न व्यक्तिले सुकुम्वासीका नाममा जग्गा हड्प्न खोजेको बताए।
मेची अञ्चलमा शान्ति सुरक्षा कायम गर्न विसं २०४८ माघ ३० गते मन्त्रिपरिषद्को निर्णयबाट रतुवामाई वृक्षरोपण आयोजनाको दुई हजार ८०० हेक्टर जग्गामध्ये १०० हेक्टर जग्गा तत्कालीन पाथिभरा गणलाई भोगाधिकार दिइएको थियो । उक्त गण हटेपछि सो स्थानमा विसं २०७५ माघ २७ गते प्रदेश नं १ कै सशस्त्र प्रहरीको तालीम केन्द्र बनाइएको थियो ।
सशस्त्रलाई दिएको जग्गामध्ये प्रस्तावित आदिवासी जनजाति रङ्गशालाका लागि ३३ बिघा जग्गा छुट्याइएको प्रमुख थापाले बताए । सशस्त्र प्रहरीको भोगाधिकारभित्रको जग्गा भएकाले संरक्षण गर्नु आफ्नो कर्तव्य भएको थापाले बताए । “यो जग्गा सरकारको हो, भोलि सरकारले अन्य प्रयोजनका लागि पनि प्रयोग गर्नसक्छ”, उनले भने, “सशस्त्रलाई दिएको जग्गा रङ्गशालाका लागि प्रयोग गरियो, त्यस्तै अन्य प्रयोजनका लागि सरकारले सो जग्गा प्रयोग गर्नसक्छ, त्यसका लागि संरक्षण गर्न आवश्यक छ ।”
माथिल्लो निकायसँग छलफल गरेर जग्गा खाली गराउन आफू लागिरेको उनको भनाइ छ । मौखिक सहमतिका आधारमा सशस्त्रको प्रयोगविहीन जग्गा शुरुमा खेती प्रयोजनका लागि दिइएको थियो । पछि पशुचौपायाका लागि भनेर टहरा निर्माण गरियो । त्यसयता कच्ची घर निर्माण गरेर करीब ४५ परिवार बस्दै आएका छन् । खेती गर्न मात्र दिइएको जग्गामा घर टहरा निर्माण भएपछि समस्या सिर्जना भएको हो ।
गत पुस मसान्तयता सशस्त्र प्रहरीले करीब ५० टहरा भत्काएको छ । “मानिस बस्नेबाहेक गोठ र टहरा भत्काएका छौँ”, प्रमुख थापाले भने “मानवीय संवेदनशीलताको ख्याल गर्दै सेल्टर लिएर बसेका मानिसको घर भत्काएका छैनौँ, घर हटाएर जग्गा खाली गर्न भनेका छौँ ।” जग्गा खाली नगरे बल प्रयोग गरेर भए पनि जग्गा खाली गर्ने उनको भनाइ छ ।
जग्गा भोगचलन गर्दै आएकालाई गत जेठमा जग्गा खाली गर्न भने पनि उनीहरुले कमल गाउँपालिका–५ को वडा कार्यालयमा जेठ २५ गते धानको बीउ राखिसकेकाले ‘सहमति गराइ पाउँ’ भन्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी र वडाध्यक्ष डम्बरबहादुर निरौलाको रोहवरमा पुस मसान्तसम्मको समय थप थरिएको थियो । सहमतिपत्रमा तोकिएको समयमा जग्गा खाली नगरे ‘प्रचलित कानून बमोजिम सहुँला भोगौला’ भन्ने उल्लेख छ ।
सोही जग्गा आफ्नो भएको भन्दै अर्जुनधारा–३ का गोपीकृष्ण पोखरेलले तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालय, भूमि सुधार तथा व्यवस्थापन विभाग, मालपोत कार्यालय दमक, साविक लखनपुर–१ स्थित सशस्त्र पाथीभरा गणलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हालेका छन् । पोखरेलले आफूले मुद्दा जितिसकेको भन्दै त्यहाँ बासोवास गर्नेलाई ठाउँ खाली नगर्न भनिरहेकाले ठाउँ छोड्न राजी भएका पनि अटेर गरेर बसिरहेका छन् ।
यता, कमल–५ का वडाध्यक्ष निरौलाले उक्त जग्गा सशस्त्र प्रहरीकै भएको बताए । उनले उक्त जग्गामा बस्न दिने÷नदिने अधिकार सशस्त्र प्रहरीकै भएकाले वडा कार्यालयले त्यसमा हस्तक्षेप नगर्ने बताए । सो जग्गामा पाँचथर, भोजपुर, तेह्रथुम, झापालगायतका विभिन्न स्थानबाट मानिस आएर खेती र बसोवास गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार