यौन क्रियाकलापमा ध्यान नदिदा शिशु कुपोषित हुनसक्छ

नेपालबहस संवाददाता
माघ १७, २०७६ शनिबार १:३२:१

१७ माघ, काठमाडौं । शिशुलाई स्तनपान गराइरहेको अवस्थामा उनको पुरुष यौन जोडी लाई इश्र्या भाव पैदा हुन्छ। कारण यौन उत्तेजना हो। महिलाको स्तन देख्दा पुरुषमा यौनिक संवेदनाशीलता बढ्ने भएकाले पुरुष यौन जोडी उत्तेजित हुने सम्भावना हुन्छ।
स्तनले यौन उत्तेजना, यौन क्रिडा तथा यौन क्रियाकलाप गर्न महत्वपूर्ण भूमिका खेल्छ। मानसिक रुपमा सृष्टिको निरन्तरताका लागि यौन उत्तेजना हुँदा हुँदै पनि शिशुलाई स्तनपान गराउन पुरुषले मौन सहमतिमा सम्झौता त गर्छन्। प्राकृतिक यौनजन्य असहमति तथा व्यवहारका बाबजुद शिशुलाई स्तनपान गराउँदा पुरुष संयमित हुन्छन्।
मानिसको मस्तिष्कले ‘गोन्याडोट्रोफिन’ हार्मोन उत्पादन गरी पिट्युटरि ग्रन्थीबाट सो हार्मोन निष्कासन गर्छ। निष्कासन भएपछि यो हार्मोन पुरुषको अण्डाशयमा पुग्छ, भने महिलाको भ्रुणाषयमा गई सक्रिय काम गर्छ। जसले यौन उत्तेजना ल्याउनमा मुख्य सहयोगी भूमिका खेल्छ। पुरुष उत्तेजनामा आएको अवस्थामा उसको मस्तिष्कको सचेतना नै गौण हुन पुग्छ।
अध्ययन अनुसार सामान्यतः पुरुष यौन जोडीलई आकर्षित गर्न महिलाले स्तन नछोपि शिशुलाई स्तनपान गराउँछन्। यो यौन आकर्षणको सांकेतिक भाषा हो। आफ्नो स्तन यौनिक संवेदनशीलताको क्षेत्र हो भन्ने कुरा महिलालाई अनुभव हुन्छ। त्यसैले कतिपय महिलाले आफ्नो स्थायी यौन जोडी हुँदा हुँदै अन्य पुरुषलाई स्तन देखाएर स्तनपान गराउनु पनि यौन आकर्षणको संकेत हो। महिलाले यस्तो व्यवहार गर्दा स्थायी पुरुष यौन जोडीलाई तनाव पैदा भई त्यस्ता यौन जोडीको सम्बन्धै विच्छेदसम्मको अवस्था नआउला भन्न सकिन्न। यसमा सचेत हुनु उचित हुन्छ।
महिलालाई यौन चाहना भएर होस् वा नभई देखाएर स्तनपान गराउँदा पुरुष उत्तेजित हुन पुग्छन्। जसले महिला यौन हिंसाको सिकार हुने जोखिम हुन्छ । महिलाकोे स्तन, काखी, छातिको भाग, तिघ्रा, नाइटोजस्ता अंग देख्दा पुरुष मात्रै हैन, पुरुषका यस्ता अंग देख्दा महिलासमेत यौन उत्तेजनामा पुग्छन्। उन्माद हुन्छ। पश्चिमा देशहरुमा त स्तनलाई कामोत्तेजक अंगको रुपमा लिइन्छ। तसर्थ विना यौन उद्देश्य तथा चाहना यस्ता अंग प्रदर्शित नगर्नु नै बुद्धिमता हुन्छ।
पुरुष यौन जोडीले महिलाको स्तन मालिस गर्दा तथा चलाउँदा महिला आनन्दित र उत्साहित हुन सक्छिन्। त्यसो त पुरुषले महिलाको स्तनबाट दूधका छिर्का आफ्नो अनुहार र शरीरमा पारेर यौनजन्य आनन्द र उत्साह लिन सक्छन्। कतिपय पुरुषले त महिला यौन जोडीको स्तनपानको स्वादमा आनन्द लिन सक्छन्। यस्तो बानी व्यवहारले शिशुलाई पर्याप्त दूध नपुगी कुपोषित हुने जोखिम त्यत्तिकै हुन्छ। कतिपय महिलाको यौन चाहनाका कारण आफ्नो स्तनपान आफैँ गर्ने बानीले शिशु कुपोषित हुने सम्भावना हुन्छ। कतिपय महिलाले त पुरुष यौन जोडीलाई स्तनपान मात्रै गराएर यौनानन्द लिएका हुन्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रोटिनको कमी पूरा गर्न यी शाकाहारी खानेकुरा खानुहोस्
फागुन १४, २०८१ बुधबार
बिहान खाली पेटमा भिजेको किसमिस खादा अचम्मको फाइदा
फागुन ११, २०८१ आइतबार
बिहान उठे पछि के गर्ने के नगर्ने ? जान्नुहोस्
फागुन ९, २०८१ शुक्रबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
फागुन १५, २०८१ बिहिबार
राराको होटेलमा आगलागी, चार भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
ओलाङचुगोलामा बुनेको गलैँचाको माग उच्च
फागुन १५, २०८१ बिहिबार
वनगाउँका एकसय घर तरकारी खेतीमा
फागुन १५, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १५, २०८१ बिहिबार
मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
फागुन १५, २०८१ बिहिबार