क्जिट युरोपका लागि ‘ठूलो परिवर्तन’ हो : जर्मनी
नेपालबहस संवाददाता
माघ १८, २०७६ शनिबार १२:५:२३
१८ माघ एजेन्सी । यूरोपेली संघ ‘ईयू’ बाट बेलायतको बहिर्गमन ९ब्रेक्जिट० को शुक्रबारको बिदाइ इयू समूहको लागि ‘विशाल परिवर्तन’ हुनेछ, जर्मन चान्सलर एन्जेला मर्केलका प्रवक्ता स्टेफेन सिबर्टलले शुक्रबार भनेका छन् ।
“यो स्पष्टतः युरोपको लागि व्यापक परिवर्तन हो किनभने बेलायत लगभग आधा शताब्दी अर्थात् ४७ वर्षसम्म ईयूको महत्वपूर्ण सदस्य थियो,” सिबर्टले जर्मनीका सञ्चारकर्मीहरूसँग बताए । बेलायत अझै पनि ‘घनिष्ठ साझेदार र मित्र’ रहनेमा बर्लिन विश्वस्त रहेको छ, सेइबर्टले भने । “हामीलाई ब्रेक्जिटको निर्णय दुःखद लागेको छ । हामी सोच्छौं कि अधिकांश जर्मन जनसंख्याले पनि त्यस्तै महसुस गर्नेछन् तर हामी बेलायती जनताले गरेको निर्णयको सम्मान गर्छौँ ।”
जनवरीको शुरूमा डाभोसमा भएको ‘वल्र्ड इकोनोमिक फोरम’ मा ब्रेक्जिट ईयूलाई ‘व्युझिनका लागि एक सङ्केत’ भएको मर्केलले उल्लेख गरे। “यसको मतलब यो हो कि हामी अझ प्रबल र नवीन बन्नका लागि थप गहन रूपमा काम गर्ने छौं,” सेबर्टले भने ।
“युरोपेली एकीकरणले युरोपमा शान्ति र समृद्धि ल्याएको छ । हामी र अन्य २६ सदस्य राष्ट्रहरू यस सफलताको कथा जारी राख्न प्रतिबद्ध छौं ।” बेलायत आधिकारिक रूपमा यूरोपेली संघबाट लण्डनको समय अनुसार राति ११ बजे बहिर्गमन भएपनि सुरुमा ११ महिनाको सङ्क्रमणकालीन अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि ईयू नियमको पालना गर्ने सहमति भएको छ ।
दुई पक्षबीच उनीहरूको भविष्य र व्यापार सम्बन्धको वार्ता एक वर्षभित्रमा गरिनेछ । शुक्रवार जर्मन टेलिभिजनमा बोल्दै जर्मनीका लागि बेलायती राजदूत सर सेबास्टियन वुडले डिसेम्बरसम्ममा ईयूसँग सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार