‘पूर्ण पृथक’ हुँदा बेलायत कमजोर बन्ने इयूको भनाइ
नेपालबहस संवाददाता
माघ १८, २०७६ शनिबार १२:१९:२७
१८ माघ एजेन्सी । यूरोपेली संघ ‘इयू’बाट बेलायतको बहिर्गमनपछिको नयाँ बिहानीबारे छलफल गर्न शुक्रबार ब्रसेल्समा भेला भएका उच्च अधिकारीले ब्रेक्जिटपछि बेलायतले इयूसँग निकट रहँदाको लाभ गुमाउने बताएका छन् ।
“हामी संयुक्त अधिराज्यसँग सकेसम्म राम्रो सम्बन्ध कायम होस भन्ने चाहन्छौँ तर समूहको सदस्य रहँदाजस्तो कहिल्यै हुन सक्दैन,” यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भनेका थिए। उनले इयू परिषद्का अध्यक्ष चाल्र्स मिसेल र यूरोपेली संसदका सभामुख ड्याभिड सासोलीसँगै उभिएर भने, “एकताका कारण इयूले विश्वमा राजनीतिक सम्मान हाँसिल गरेको हो र विश्वको आर्थिक शक्तिकेन्द्र बनेको हो ।”
यूरोप अनुभवले हामीलाई ‘पूर्णरूपमा पृथकता’ मा शक्ति क्षीण हुने तर अद्वितीय एकतामा बल हुने कुरा सिकाएको छ,” उनले भने । ‘पूर्ण पृथक’ भन्ने वाक्यांश बेलायतको विश्वव्यापी व्यापारिक साम्राज्य भएका समय १९ औँ शताब्दीको युरोपेली मुख्य भूमिको राजनीतिबाट टाढा रहने विदेश नीतिसँग सम्बन्धित छ ।
बेलायतले ग्रीनवीच समय अनुसार शुक्रबार राति ११ बजे युरोपेली संघ छोड्ने छ । ब्रसेल्सको मध्यरात अर्थात् १२ बजे इयूबाट बेलायत बहिर्गमन भएपनि आगामी ११ महिनाको संक्रमणकालमा ईयू नियमको व्यापार, यात्रा र व्यवसायसम्बन्धी अधिकांश कानूनलाई पालना गर्नुपर्नेछ ।
बहिर्गमन हुनभन्दा करिब एक घण्टा पहिले प्रधानमन्त्री बोरिस जोसनले अर्को हप्ता बेलायतको भावी व्यापार सम्झौताको लागि वार्ता प्राथमिकताहरू खुलासा गर्ने अपेक्षा गरिएको छ । ब्रसेल्सले पनि आगामी एक साताभित्र व्यापार सम्झौताका बिषयमा सहमति गरिने भोन डर लेनले पनि बताए ।
“सोमबार, हामी हाम्रो इतिहासमा नयाँ पृष्ठ खोल्नेछौं,” उनले भने । “आयोगले वार्ताका लागि आफ्नो धारणा प्रस्तुत गर्नेछ,“ उनले पत्रकारसँग बताए ।
“हामी संयुक्त अधिराज्यको साथ उत्तम साझेदारीको चाहना गर्छौं तर यो स्पष्ट छ कि त्यहाँ सधैँ विचारमा भिन्नता रहनेछ । युरोपेली संघको सदस्य हुनुलाई गाह्रो छ । संघमा सामथ्र्य छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार