अटोइञ्जिनीयर डिप्लोमा शुरुआत गर्दै पोखरा महानगरपालिका
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार १३:१२:४१
२० माघ चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुआत गर्ने भएको छ ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको २० औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उनले उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिए । उनले भने,“अबको विकास सीपमूलक र दक्ष जशक्तिबाट सम्भव छ । यसैले अटो इञ्जिनीयर डिप्लोमा शुरु गर्न लागेको हो । ” अटो मेकानिक्स व्यवसायी सङ्घका अध्यक्ष ठाकुर न्यौपानेले व्यवसाय सञ्चालनमा स्थानीय निकायको सहयोग नपाएको गुनासो गरे।
नेपाल अटो व्यवसायी महासङ्घका अध्यक्ष यमप्रसाद भुसालले प्रमुख शहरमा सुविधा सम्पन्न मेकानिकल व्यवसाय सञ्चालन गर्न अटोल्याण्ड निर्माणमा महासङ्घ लागेको जानकारी दिए । व्यवसायी कृष्णप्रसाद पौडेल, सिकन्दर शाह, अडिमान लिम्बू र पार्वती बराललगायतलाई सम्मान गरिएको थियो ।
एशोसिएशनका अध्यक्ष सानुमान जलारी, पूर्वअध्यक्ष एवं अटोल्याण्ड व्यवस्थापन समिति संयोजक सनतकुमार भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घ सदस्य रामेश्वर अधिकारी, हेटौँडा अटो व्यवसायी सङ्घका अध्यक्ष आनन्दराम पौडेल, चितवन अटो व्यवसायी सङ्घका अध्यक्ष रामबहादुर लोहनी, एशोसिएशनका वरिष्ठ उपाध्यक्ष किरण कपाली, उपाध्यक्ष सन्नोषकुमार मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कास्की मोटरसाइकल एशोसिएशनका अध्यक्ष प्रेम गिरी लगायतले एशोसिएशनका क्रियाकलाप व्यवस्थित र वातावरणमैत्री हुनुपर्ने धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २८, २०८१ शुक्रबार