आजबाट चीनमा एक हजार शैयाको अस्पताल सञ्चालन
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार १४:२३:२५
२० माघ एजेन्सी । चिनमा सोमबारबाट एक हजार शैयाको अस्पताल सञ्चालन आउने भएको छ । नोवेल कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको चीनको वुहानमा अति तीव्र गतिमा निर्माण भएको अस्पताल सञ्चालनमा ल्याइएको हो ।
कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचारका लागि हप्ता दिनमा एक हजार शैयाको अस्पताल चीनले निर्माण गरेको हो । ८ दिनमा निर्माण सम्पन्न भएको अस्पताललाई सुविधा सम्पन्न बनाइएको चीनका अधिकारीले बताएका छन् । यस्तै १३ सय शैयाको अर्को अस्पताल पनि द्रूत गतिमा निर्माण भइरहेको छ ।
गएको डिसेम्बरमा हुबेइ प्रान्तको वुहानमा देखिएको नोवेल कोरोना भइरसको संक्रमण अहिले चीनसहित विश्वका विभिन्न देशमा फैलिएको छ । चीनमा हालसम्म ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । चीनमा मात्रै १७ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।
चीन बाहिर नेपालसहितका देशमा गरी १५० जना भन्दा बढी संक्रमित भएका छन् । यस्तै आइतबार पहिलो पटक चीन बाहिर एकजनाको मृत्यु भएको छ ।
चीनको वुहानका ४४ वर्षका व्यक्तिको फिलिपिन्समा मृत्यु भएको हो । ती व्यक्ति फिलिपिन्स जानुअघि नै संक्रमित भएको पुष्टि भएको छ । विश्वका विभिन्न देशले चीनबाट आउने विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । यस्तै आफ्नै नागरिकको पनि क्वारेन्टाइन गरिरहेका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य संगठनले सोमबार दिएको जानकारी अनुसार २१ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । यस्तै एक लाख ५२ हजार ७०० जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । ४७५ जना भने निको भएर अस्पतालबाट बिदा भएका छन्।
वुहानमा आइतबार निर्माण सम्पन्न भएको अस्पताल सोमबारदेखि सञ्चालनमा आउँदै छ । सो अस्पतालमा चिनियाँ आर्मीका १४ सय स्वास्थ्यकर्मी खटिएका छन् । यस्तै अर्को अस्पताल बुधबारसम्म बनिसक्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार