सर्बाधिक पुरस्कार राशिको बिश्वब्यापी नेपाली कविता प्रतियोगिता हुँदै
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार २१:४७:१६
२० माघ काठमाडौं । सर्बाधिक पुरस्कार राशी सहित बिश्वब्यापी नेपाली कविता प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो । सर्बोत्कृष्ट हुने कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिले सम्मकै सर्बाधिक पुरस्कार राशी रहेको कुरा संस्थाको अध्यक्ष कृष्ण बिश्वकर्माले बताए।
प्रतिष्ठानले बिश्वब्यापी नेपाली कविता प्रतियोगिताको तयारी पूरा गरि देश बिदेशमा रहने कविहरुबाट प्रतियोगिताको लागि कविता आव्हान गरेको छ। कविता फाल्गुन १ गतेसम्ममा संस्थाको इमेल मा पठाउनु पर्नेछ। प्रतियोगीताको लागि बढीमा एक सय पचास शब्दको गद्य कविता र बढीमा पाँच श्लोकसम्मका छन्द कविता पठाउन पनि संस्थाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । कविता नेपाली युनिकोडमा मात्र लेखी पठाउन भनिएको छ ।
कविता प्रतियोगिताको नतिजा २०७७ बैशाख १ गते घोषणा गरिने र उपयुक्त समय मिलाएर नेपालमा विशेष समारोह गरीने र सोही कार्यक्रममा सवोकृष्ट एकलाई नगद पुरस्कारकोसाथ सम्मान र अन्य उत्कृष्ट दस कविहरुलाई प्रमाणपत्र सहित सम्मान गरिने प्रचार(प्रसार संयोजक अजित क्षेत्रीले जनाएका छन्प्र । तियोगिताका उत्कृष्ट दससहित देश बिदेशका एकाउन्न कविका कविताहरु समेटेर संस्थाबाट एक बर्ष भित्रै कविता संग्रह प्रकाशित गरिने पनि जनाईएको छ।
प्रतियोगी कविता कुनै पनि राजनैतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक सद्भावलाई खलल पार्ने खालका विचार र अश्लील शब्दहरुको प्रयोग गरिएको हुन नहुने बताइएको छ। अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिका भाषामा लेखिएका कविताहरूले पनि प्रतियोगितामा प्रवेश पाउनेछन्। तर, उक्त कविताहरूका नेपाली रुपान्तरण पनि साथमै संलग्न हुनु पर्ने बताईएको छ। रचनाका साथमा कविको छोटो परिचय, पासपोर्ट साईजको फोटो, सम्पर्क ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी सगरमाथा साहित्य प्रतिष्ठानको इमेलमा पठाउन संस्थाको फेसबुक पेजमा जारी सुचनामा आग्रह गरिएको छ।
कविता पूर्णत मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित प्रसारित नभएको र साथै कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने पनि सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रतियोगिताको संयोजक जिबित खड्काले जनाएका छन्। प्रतियोगिताले बिश्वभरी छरिएर रहेका नयाँ पुस्ताका कविहरुलाई थप उर्जा प्रदान गर्ने बिश्वास गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण बिश्वकर्माले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार