दोलखाका तत्कालीन सिडिओविरूद्ध पाँच मुद्दा
नेपालबहस संवाददाता
माघ २०, २०७६ मंगलबार ०:५:५३
२० माघ काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकै दिन पाँच वटा मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ।
रिजाललाई आयोगले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको थियो। उनले विभिन्न मुद्दासम्बन्धी केस लाग्ने तथा कारागारको डर, त्राससमेत देखाई गालीगलौज गरी फरक फरक सेवाग्राहीसँग ५० हजार, ९० हजार, ३५ हजार, ४ लाख लिएको आयोगले पुष्टि गरेको छ। साथै, उनले अनुगमनमा नगई ७७ हजार ६ सय रुपैयाँ भ्रमण भत्ता बुझेको पाइएको आयोगले जनाएको छ।
रिजालविरूद्ध विभिन्न पाँच वटा मुद्दामा ६ लाख ५२ हजार ६ सय रुपैयाँ बिगो माग गर्दै आयोगले मुद्दा दायर गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार