ब्रोइलर कुखुराको मासु महङ्गो भएपछि उपभोक्ता मारमा
नेपालबहस संवाददाता
माघ २०, २०७६ मंगलबार ०:२४:५९
कुशुम विश्वकर्मा
२० माघ काठमाडौं । मांस, माँस या मासु ती प्राणीहरूका शारिरिक अंग हुन् जसलाई मांसपेशी पनि भनिन्छ । जसको सेवन भोजनको रूपमा पनि गरिन्छ । मासु शब्दलाई बोलचाल र व्यावसायिक वर्गीकरणको आधारमा मानिसहरूले पशुहरूको मासुको सन्दर्भमा प्रयोग गरेकाे पाइन्छ ।
पोषाहारको दृष्टिले मानवको भोजनमा मासु, प्रोटीन, वसा र खनिजको एउटा गतिलो र राम्रो श्रोत हो । सबै पशुहरू र वनस्पतिहरूबाट प्राप्त भोजनहरूमा, मासुलाई सबैभन्दा उत्तम र सबैभन्दा अधिक विवादास्पद खाद्य पदार्थ पनि मानिन्छ । जहाँ पोषणको दृष्टिले मासु एक पोषाहार हो ।
मासुमा भिटामिन ए, भिटामिन बी र भिटामिन डी , आइरन, जिंक, पोटासियम लगायतका पौष्टिक तत्व हुने हुँदा यसको सेवनले शरिरलाई आवश्यक प्रशस्त प्रोटिनको मात्रा प्राप्त गर्न सकिन्छ । विभिन्न सोध अनुसार किशोरावस्थामा कुखुराको मासुको निरन्तर सेवन गर्ने मानिसमा ‘कोलोरेक्टल’ क्यान्सरको जोखिम कम हुने गर्छ । त्यस्तै स्वस्थ मासु खाँदा शरिरमा स्फुर्ती आउने मासुविज्ञहरुले बताएका छन् ।
यदि तपाई मासुको पारखी हुनुहुन्छ भने अब मासु बजारमा किन्नी नसक्नु भएको छ । डेढ महिनाकै अवधिमा ब्रोइलर कुखुराको मासु किलोमा १ सय १० रुपैयाँ बढेपछि उपभोक्ता मारमा परेका छन् । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको दुई सय ७० रुपैयाँ तोकिएपछि आइतबारदेखि तयारी मासु बजारमा किलोको चार सय रुपैयाँ पुगेको छ ।
यो ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै महङ्गो हो । गएको मंसिरको अन्तिम हप्ता तयारी मासु नै किलोको दुई सय ६० रुपैयाँमा झरेपछि ब्रोइलर कुखुराका चल्ला उत्पादकले चल्ला र अण्डा नष्ट गरेका थिए । एक हप्ता लामो चल्ला ‘होलिडे’ अन्तर्गत ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरिएपछि त्यसैको प्रभाव स्वरुप अहिले देशभर ब्रोइलर कुखुरा अभाव भएपछि मासुको भाउ बढेको हुन सक्ने आम उपभोक्ताको अनुमान छ ।
यसअघि काठमाडौं उपत्यका र आसपास ब्रोइलर कुखुरा अभाव भएमा व्यवसायीले बाहिरी जिल्लाबाट कुखुरा मगाउने गरेको भए पनि यस वर्ष सबैतिर ब्रोइलर अभाव भएको छ । अहिले तराईका जिल्लामै जिउँदो ब्रोईलर कुखुरा किलोको दुई सय ४० र काठमाडौं उपत्यकामा किलोको दुई सय ७० तोकिएको व्यवसायीले बताएका छन् ।
यसैबिच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही अगाडि बढाउने भएको छ । विभागले ठूला ह्याचरी र बिक्रेतालाई मूल्य बढ्नुको कारण पेस गर्न शुक्रबार निर्देशन दिएको थियो । यो निर्देशन गरेपनि कुखुराको मासु लगातार बढिरहेको छ । सोमबार ब्रोइलर कुखुराको मासुको मूल्य किलोको ३ सय ९० रुपैयाँ पुगेको छ । डेढ महिना अघि कुखुराको मासुको मूल्य २ सय ८० रुपैयाँ थियो ।
नेपालबहस डटकमसंग कुराकानी गर्दै विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले मंगलबारबाट ठूला ह्याचारी र बिक्रेताको अनुगमन गरेर मूल्य नियन्त्रणको प्रयास गरिने बताएका छन् । उनले कुराकानी क्रममा भने “अहिले एकाएक कुखुराको मासु र अण्डाको मूल्य बढाइएको छ । मिलेमतोमा मूल्य बढाइएको आशंकामा हामीले अनुगमन गरेर मूल्य नियन्त्रणको प्रयास गर्नेछौं ।”
गत पुस १ गते पनि बजारमा कुखुराको मासु प्रतिकिलो २ सय ८० रुपैयाँ थियो । सोहीदिन देखि ह्याचरी उद्योगीहरुले सस्तो मुल्यमा मासु बेच्नुपरेको भन्दै १० दिने आन्दोलन घोषणा गरेका थिए । त्यसको भोलिपल्टै चितवनको सडकमा व्यवसायीहरुले एकातिर सडकमा अन्डा फुटाए भने अर्कोतिर हरेक कुखुरा फर्ममै पुगेर धमाधम चल्ला नष्ट गरेका समाचार पनि प्रकाशन भएका थिए ।
सोही क्रममा व्यवसायीहरुले फर्म नजिकै खाल्डो खनेर जिउदै चल्ला पुरेका थिए भने आन्दोलन अवधिभर १५ करोडको चल्ला र ४५ करोडको अन्डा नष्ट गरेको थिए । तर एक्कासी आइतबार बजारमा कुखुराको मासुको मुल्य ४ सय रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा महङ्गो मुल्यमा कुखुराको मासुको कारोबार भएको व्यवसायीहरु बताउछन् ।
तेसो त कुखुराको मासुकै हाराहारीमा अन्डाको मुल्य पनि बढेको छ । पुष १ गते ३ सय २० प्रति क्रेटमा बिक्री भएको अन्डा २० दिनपछि ४ सय रुपैंया पुगेको छ । यता व्यवसायीहरुको सिन्डिकेटले चल्ला र अन्डा नस्ट गरि मुल्य बढाएपछि आम उपभोक्ता मारमा परेका छन् । व्यापारीको कालोबजारीले सरकारको नेतृत्वमा बस्नेलाई नै आर्थिक लाभ हुने कारणले पनि आम उपभोक्ता ठगिनुपरेको मुल्य वृद्धिबाट प्रष्ट देखिन्छ । यो कारणले विचौलियाको मनपरी चलेको छ । सरकार भने मौन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार