आजदेखि पोखरा–विराटनगर सिधा उडान शुरु
नेपालबहस संवाददाता
माघ २०, २०७६ मंगलबार ३:४३:४६
२० माघ कास्की । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले आजदेखि पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ । बुद्धको १८ सिट क्षमताको जहाजले पोखरबाट १८ र विराटनगरबाट १८ जना यात्रु बोकेर उडान भरेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।
पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेट समयमा हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार जहाज सेवा सञ्चालन गरिने उनको भनाइ छ । आगामी दिनमा यात्रुको माग बढेको खण्डमा ठूलो जहाजबाट दैनिक सेवा शुरु गर्ने योजना रहेको गौतमले स्पष्ट पारे । यसअघि बुद्धले पोखरा–काठमाडौँ, पोखरा–भैरहवा र पोखरा–भरतपुर सिधा हवाई सेवा प्रदान गर्दै आएको छ ।
सिधा हवाइ सेवा सञ्चालबाट गण्डकी प्रदेश र प्रदेश नं १ का जनताले लाभ लिनेछन् । दुवै प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएकाले हवाई सेवाको माध्यमबाट पर्यटक आवागमन बढ्ने र पर्यटकलाई सहज हुने विश्वास गरिएको छ । पोखरा विराटनगरको हवाई यात्रा एक घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीयलाई रु छ हजार २०० र विदेशीलाई १३० डलर रहेको बताइन्छ ।
विराटनगरबाट उडान भरेका पाइलट शैलेस रावत र जहाजमा सवार यात्रुलाई गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार