जहाज खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोप,संसदीय समितिको प्रतिवेदन गोप्य,महाप्रबन्धक राजीनामा दिएर विदेश पलायन
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार १८:३८:२८
२१ माघ काठमाडौं । नेपाल एयरलाइन्सले सन् २०१५ मा खरिद गरेका न्यारोबडी जहाजमा भ्रष्टाचार भएको आरोप लागेको छ।
फ्रान्स र बेलायतका भ्रष्टाचारविरोधी निकायले संयुक्त रूपमा गरेको अनुसन्धानले जहाज खरिदबिक्रीमा जहाज निर्माता कम्पनी एयरबसले नेपाल एयरलाइन्सका अधिकारीहरूलाई घुस खुवाएको आरोप लगाएको छ ।
अनुसन्धान प्रतिवेदनअनुसार एयरबसले नेपालमा जहाज बिक्री गर्नका लागि सन् २०१४ र २०१५ मा दुई पटकमा ३ लाख ४० हजार युरो पठाएको उल्लेख गरिएको छ। त्यतिबेला नेपाल एयरलाइन्सको महाप्रबन्धक मदन खरेल थिए। दुई साताअघिसम्म नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष रहेका खरेल अहिले भने राजीनामा दिएर विदेश गइसकेका छन्।
एयरबसले नेपालमा जहाज बिक्री गर्न सन् २००७ देखि नै एकजना व्यापारीलाई एजेन्ट नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ। एजेन्ट बनेका ती व्यापारीले नेपाल एयरलाइन्ससँग सेटलमेन्ट मिलाउने काम गरेको बताइएको छ। त्यसपछि सन् २००९ मा एयरबसबाट नेपाल एयरलाइन्सले एउटा एयरबस ए ३२० र एउटा ए ३३० जहाज किन्नेगरी एमओयु भएको थियो। तर पछि सन् २०११ मा खरिद सम्झौता भने दुबै जहाज ए३२० किन्ने सम्झौता भयो। एइरबसका दुई न्यारोबडी जहाज सन् २०१५ मा नेपाल आइपुगेका थिए।
यो जहाज खरिद प्रकरणमा केही समयअघि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनुसन्धान गरे पनि प्रतिवेदन भने गोप्य राखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार