आइसिसी विश्वकप : उद्घाटनमा नेपालले ओमनसँग खेल्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार १८:५७:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/cricket_guskC9KjZB.jpg)
२१ माघ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ ।
यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।
त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स ‘युएई’, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अङ्क तालिकामा अमेरिका शीर्ष स्थानमा छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अङ्क हात पारेको छ । त्यस्तै स्कटल्यान्डले नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा छ ।
समान आठ अङ्क नै जोडेको ओमन अङ्क तालिकाको चौथो स्थानमा छ भने सात अङ्क रहेको युएई पाँचाँै र अङ्कविहीन रहेको पपुवा न्युगिनी छैटाँै स्थानमा छ । नेपालले भने पहिलो खेल खेल्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार