स्थानीय तहमा बिजुली नपुग्दा समस्या
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार २०:२२:४१
२१ माघ काठमाडौं । जिल्लाका कुल नौवटा स्तानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा बिजुली नपुगेका कारण समस्या हुने गरेको छ ।
जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडाहरुमा अहिलेसम्म पनि बिजुली विस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारी बताउँछन् । जोयाल गाउँपालिका–५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत् नपुगेको तथा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् लाइन कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए ।
उनले भने “स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौँ तर उक्त विद्युत् दिउँसो कार्यालय समयमा काटिने भएका कारण समस्या हुने गरेको छ, राति बत्ती आएपछि मात्रै कार्यालयको काम गर्नुपर्ने हुन्छ ।”
विद्युत् शक्ति धान्न नसक्ने भएका कारण दिउँसोको समयमा विद्युत् लाइन कटौती गरी राति केही गाउँमा विद्युत् वितरण गरिँदै आएको गड्सेरीगाढ लघुजलविद्युत् आयोजनाका अध्यक्ष लीलाधर विष्टले बताए । उनले भने, “विद्युत्को उत्पादन क्षमता कमी छ, सबै गाउँमा विद्युत् वितरण गर्न सकिएको छैन, त्यसैले दिउँसो बत्ती काट्ने गरेका हौँ राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छैन ।”
त्यस्तै जिल्लाको बडीकेदार गाउँपालिकामा भने अहिलेसम्म विद्युत् विस्तार भएको छैन । विद्युत् नहुँदा स्थानीयवासी राति सल्लाको झुरो तथा केहीले सोलार बत्ती प्रयोग गर्न थालेको बडीकेदार–१ कोलागाउँका स्थानीयवासी टेकबहादुर कलले बताए । बोटगटान फुड्सिल गाउँपालिकाको टुडागाढमा स्थानीय टुडागाढ विद्युत् पावरहाउस भए पनि सबै वडामा विद्युत् विस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए ।
त्यस्तै राष्ट्रिय विद्युत् प्रसारण लाइनको पहुँच नहुँदा बडीकेदार गाउँपालिकाले सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “हामीसँग राष्ट्रिय विद्युत् प्रसारण लाइन पनि छैन, स्थानीय विद्युत् पनि उत्पादन गरिए पनि वितरण भएको छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ ।” जिल्लाका यी गाउँपालिकाका विभिन्न वडामा जडान गरिएका नेपाल टेलिकमका टावरसमेत सोलारकै भरमा चलिरहेका छन् ।
सोलार बत्तीकै भरमा टेलिकम टावर सञ्चालन हुँदा रातिको समयमा उक्त टावरले खासै काम नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । त्यहाँका गाउँपालिकामा जडान गरिएका नेपाल टेलिकमका जिएसएम टावरहरु घाम नलागेको अर्थात् पानी र कुहिरो लागेको दिन पूर्णरुपमा बन्द हुने गरेका छन् ।
नेपाल टेलिकमको दिपायलस्थित राजपुर कार्यालयले बत्ती नपुगेका जिल्लाका विभिन्न स्थानमा जडान गरिएका टेलिकमका टावरहरु चौबिसै घण्टा सञ्चालन गर्नका लागि हाइपावरका ब्याट्री राखिने तयारी भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार