नेपालको संविधान प्रगतिशील र समावेशी छः जापान
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार २१:८:५९
२१ माघ काठमाडौं । प्रतिनिधिसभा सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई तथा शुभकामना व्यक्त गरे । सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले जापानी, जापान सरकार र त्यहाँको संसद् डायटका तर्फबाट सभामुख सापकोटालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेको हो ।
भेटवार्तामा उनिहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध पक्षमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयबाट थाहा भएको छ । नेपालको आर्थिक विकासमा महत्वपूर्ण साझेदार जापानले खासगरी पूर्वाधार निर्माण, प्रविधि हस्तान्तरण र शिक्षाका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । संसदीय प्रतिनिधिमण्डलबाट बेलाबेलामा हुने भ्रमणले दुई देशबीच छ दशक लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन योगदान पु¥याउँदै आएको विषयमा पनि उनिहरुले स्मरण गरे ।
भेटका अवसरमा सभामुख सापकोटाले नेपालको विकासमा जापानबाट प्राप्त निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गरे । राजदूत साइगोले केही समयअघि जापानी संसदीय महिला प्रतिनिधिमण्डबाट भएको नेपाल भ्रमणको प्रसङ्ग उल्लेख गर्दै नेपालको संविधान प्रगतिशील र समावेशिताका हिसाबले उच्च कोटिको रहेको प्रतिक्रिया आफूले पाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार