पाल्पामा एकल महिलालाई आयआर्जन तालीम
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार २१:४६:५२
२१ माघ काठमाडौं । पाल्पाका एकल महिलाको आयआर्जन बढाउन प्रोत्साहनका कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ परालका जुत्ता र धागोको बत्ती बनाउने तालीम सञ्चालनपछि महिला उत्साहित बनेका हुन् । महिलाबाट उत्पादित वस्तुको गाउँपालिकाले नै बजारको व्यवस्थापन गर्दै आएको छ ।
एकल महिलाबाट उत्पादित सामान गाउँपालिकाले नै खरीद गरी बजार व्यवस्थापन गर्ने भएपछि महिला थप उत्साहित भएका हुन् । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले समाजमा आर्थिक, सामाजिक, राजनीतिकरुपमा कमजोर एकल महिलालाई आर्थिकरुपमा सशक्त बनाउन सकेका अवस्थामा सामाजिक रुपमा हित हुने बताए ।
गाउँपालिकाका फेक, ठिमुरे र पालुङ्गमैनादीमा महिलाले आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएका छन् । बत्ती र जुत्ता बनाउन थालेपछि महिला आत्मनिर्भर भएका छन् । आर्थिकरुपमा अरुको भरपर्ने अवस्थाबाट हटाउनका लागि गाउँपालिकाले आयआर्जन बढाउन कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष जिसीको भनाइ छ ।
फेकमा सञ्चालित तालीममा सहभागी १६ एकल महिला परालबाट जुत्ता बनाउने ज्ञान, सीप र क्षमताको अभिवृद्धि हुँदा खुशी देखिएका हुन् । एकल महिला सञ्जाल रिब्दीकोट–८ फेकका अध्यक्ष तारा रायमाझीले आफूहरुले घरमा फुर्सदका समयमा समेत धागोबाट बत्ती र परालबाट जुत्ता बनाउन ज्ञान सिकेको बताइन् ।
हेर्दा सानोजस्तो देखिए पनि यस कामबाट प्रशस्त आम्दानी हुने र एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने देखिएको रायमाझीको भनाइ थियो। अहिले पूजाआजामा धागोको बत्ती र परालको जुत्ताको माग बढ्दो छ ।
जिल्ला समन्वय समितिका सदस्य कमला थापाले एकल महिलाले काम गरेर समुदायको नमूना व्यक्ति बनेर देखाउनुपर्ने बताइन् । महिलाबाट स्थानीयस्तरमा उत्पादित वस्तु सहजरुपमा बजार पाउन सफल भएको गाउँकार्यपालिका सदस्य दानबहादुर कामीले बताए । गाउँपालिकास्तरीय एकल महिला सञ्जाल गठित छ । सञ्जालले गाउँपालिकाका प्रत्येक वडामा एकल महिलामाथि परनिभर्रता हटाउनका लागि तालीम सञ्चालन गर्दै आएको छ । तालीमपछि एकल महिलाका परिवारमा खुशी छाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार