अन्तिम घण्टा आक्रामक बिक्रीकर्ता आएको बजारमा कहाँ निर छ टेवा ?
आर्थिक संवाददाता
माघ २१, २०७६ मंगलबार २२:२३:१०
माघ, २१ काठमान्डौ। अन्तिम १ घण्टा बजारमा बिक्री चाप आउँदा बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। दोश्रो बजार परिसुचक नेप्से १२ दशमलव ०९ अंकले घट्दै १३३७ दशमलव ०४ को विन्दुमा बन्द भएको छ। कारोवार रकम भने सामान्य घट्दै १ अर्ब ५७ करोड पुगेको छ।
बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा १ दशमलव १९ प्रतिशतको गिरावट आउँदा समस्त बजारलाई नै असर पुगेको छ । हिजो हाईड्रोपावर उपसुचकमा ४ प्रतिशत भद्ना माथि वृद्धि देखिए पनि आज भने हाईड्रोपावर उपसुचकमा १ दशमलव ५७ प्रतिशतको गिरावट देखिएको छ। होटल उपसुचकमा ३ दशमलव ६५ प्रतिशतको सर्वाधिक गिरावट देखिएको छ। निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक शुन्य दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ।
आज बजार १३५१ दशमलव ०१ को विन्दुमा खुलेकोमा १२ बजेर १ मिनेटमा १३५३ दशमलव २८ को उच्च विन्दु सम्म पुगेको थियो भने २ बजेर ५८ मिनेटमा १३३३ दशमलव ९२ को न्यून विन्दु सम्म पुगेको थियो। अन्तिम २ मिनेटमा भने बजारले ३ अङ्क जतिको वृद्धि हासिल गरेको थियो।
नेपाल इन्स्योरेन्सको शयर सर्वाधिक कारोवार हुँदा सपोर्ट माईक्रोफाईनान्सका शेयरधनीले सर्वाधिक कमाउँदा मिथिला लघुवित्तका शेयरधनीले सर्वाधिक गुमाए।
हेरौ आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३६० पहिलो टेवा : १३३०
- आज पनि नेप्सेले मुख्य प्रतिरोधलाई सामना गरी केहि सच्चिएको छ। आज नेप्से परिसूचक १३३७ दशमलब ०४ को बिन्दुमा बन्द भएको छ।
- आजको कारोबारले “वियरिस मारुबोजु” मैनबत्तीको चित्र बनाएको छ। यसले बजारमा मागभन्दा आपूर्ती बढेको र अर्को दिन पनि विक्रेताको चाप हुन सक्ने जानकारी गराउँदछ।
- दैनिकी अवधिमा “आरएसआई” ६८ दशमलब ०७ को बिन्दुमा छ। आरएसआईको प्रवृत्तिले बजारमा आपूर्ती बढ्न सक्ने जानकारी गरेको छ।
- “एडिएक्स”ले क्रेताको चाप कमजोर भएको जानकारी दिएको छ भने जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले निश्चित दिशा तय गरेको देखिन्दैन।
- “अन ब्यालेन्स भल्यूम” ले बजार हालसम्म सामान्य रहेको जानकारी गराएको छ।
- नेप्से बढेमा मुख्य प्रतिरोध १३६० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो सामान्य टेवा १३३० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार