दुई सातामा ७ लाख मास्क निर्यात
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार १४:४८:७
२२ माघ काठमाडौं । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण दुई सातामा ७ लाख ५९ हजार मास्क निर्यात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार ती मास्क माघ ५ देखि २० गतेसम्म चीन र हङकङतर्फ निर्यात गरिएको हो ।
व्यवसायीहरू भने नेपाली बजारबाट ५० लाख बराबरका साधारण र १ लाख बराबरका ‘एन–९५’ मास्क बिक्री भइसकेका बताउँछन् । जुन मास्क चिनियाँ नागरिकले देश लैजान बाँकी रहेको, नेपालमा पनि प्रयोग बढेको र व्यापारीले कालोबजारी गर्न मौज्दामा राखेको हुन सक्ने अनुमान गरिएको छ । सरकारी तथ्यांकअनुसार व्यवसायीले भनेको संख्यामा ४४ लाखको अन्तर देखिन्छ ।
विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अधिकारीले भन्सार कार्यालयको तथ्यांकमा कुनै तलमाथि नभएको बताए । भक्तपुर लोकन्थलीका जीएच मेडिहेल्थ कन्सर्नका सञ्चालक होमप्रसाद गौतमले १ लाख ५० हजार थान साधारण र ८५० थान ‘एन–९५×’ मास्क बिक्री गरेको बताए । त्यस्तै काठमाडौंको त्रिपुरेश्वरस्थित न्यु हिमालयन सर्जिकल हाउसका सञ्चालक युवराज बेल्बासेले ४० हजार थान साधारण मास्क बिक्री गरे ।
त्रिपुरेश्वरकै बीआर सर्जिकलकका पुष्कर पनेरूले एक लाख थान साधारण मास्क बिक्री गरेका छन् । यो माघ ५ गतेदेखि १७ गतेसम्म व्यापारीले बिक्री गरेका मास्कको संख्या भएको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेश घिमिरेले जनाए ।
बजारमा मास्कको अत्यधिक माग र बिक्री भएपछि एसोसिएसनले सरकारलाई ध्यानाकर्षण गराइसकेको छ । ‘सबै साथीहरूले बजारमा मास्कको अत्यधिक माग र बिक्री भएको जानकारी गराए,’ घिमिरेले भने, ‘त्यसपछि औषधि व्यवस्था विभागका महानिर्देशकसँग बैठक बस्यौं ।’
बैठकका क्रममा विभागले नेपाललाई चाहिने मास्कलगायत सर्जिकल सामानको व्यवस्था गरी अनधिकृत बिक्री वितरण नगर्न एसोसिएसनलाई निर्देशन दिएको थियो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, ‘बैठकपछि हामीले जथाभावी बिक्री नगर्न भनेका छौं । नेपाललाई अपुग हुन्छ भनेर नै सजग गराएका हौं ।’
विभागको निर्देशनअनुसार सबै सप्लायर्सलाई मास्कको अनधिकृत बिक्री वितरण र निर्यात नगर्न आग्रह गरिसकिएको छ । नेपालमा चीनबाट आयात हुँदै आइरहेको मास्क हाल चिनियाँ नागरिकले नै किनेर आफ्नो देश लगिरहेका छन् । भारत सरकारले पनि मास्क निर्यातमा प्रतिबन्ध लगाइसकेकाले नेपालले तेस्रो मुलुकबाट आयात गर्नुपर्ने घिमिरेको सुझाव छ । कान्तिपुर दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार