ओमानविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार १५:५१:३२
२२ माघ काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो खेलबाट तीव्र गतिका बलर अभिनाश बोहरा र स्पिनर सुशन भारीले डेब्यू गरेका छन् ।
नेपाल र ओमानबीचको खेल केही बेरमा त्रिवि मैदानमा हुँदैछ । एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, ओमान र अमेरिकाले खेल्न लागेका हुन् । आईसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय सिरिज खेल्दै छ ।
नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेले पनि नेपालमा भने खेलेको थिएन । एकदिवसीय मान्यता पाएपछि पहिलो सिरिज घरेलु मैदानमा हुन लागेको हो । आईसीसी विश्वकप लिग–२ मा नेपालको लक्ष्य पनि शीर्ष दुईमा रहेर अन्त्य गर्ने कप्तान ज्ञानेन्द्र मल्लले बताए ।
यस्तो छ नेपालको प्लेइङ ११– ज्ञानेन्द्र मल्ल ‘कप्तान’, पारस खड्का, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी ‘विकेटकीपर’, करण केसी, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
विश्वकप जित्ने दावेदार वेस्ट इन्डिज किन सेमिफाइनलमा पुग्न सकेन ?
असार १०, २०८१ सोमबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
देशभर फैलियो मनसुन, आवश्यक सतर्कता अपनाउन आग्रह
असार १०, २०८१ सोमबार
११ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद
असार १०, २०८१ सोमबार
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
असार ११, २०८१ मंगलबार
सुनको मूल्य स्थिर रहँदा घट्यो चाँदी, कतिमा हुँदै छ कारोबार ?
असार ११, २०८१ मंगलबार
नदी कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट ’प्रविधिको पर्खाल
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
इजरायलले माग्यो दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने ८ सय नेपाली कामदार, आवेदन खुल्ला
असार ११, २०८१ मंगलबार
पोखरिया नगरपालिकाको आठौं नगरसभा सम्पन्न, ४७ करोड भन्दा बढीको बजेट प्रस्तुत
असार ११, २०८१ मंगलबार