आइसिसी विश्वकप लिग–दूई : ओमानद्वारा नेपाल सामू १९८ रनको लक्ष्य प्रस्तुत
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार १९:३०:३८
२२ माघ काठमाडौं । तीन राष्ट्र सम्मिलित आइसिसी विश्वकप लिग–दूई त्रिकोणात्मक शृङ्खला अन्तगर्त ओमानले क्रिकेट विश्वकप लिग २ खेलमा नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको हो ।
कप्तान ज्ञानेन्द्र मल्लले टस जितेपछि ब्याटिङमा आएको ओमानबाट मोहम्मद नदिमले सर्वाधिक ६९ रन बनाए। ९६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। अर्का अविजित ब्याट्सम्यान बिलाल खानले ८ रन बनाए।
ओमानबाट अन्य खेलाडीमा जतिन्दर सिंह ४, खावर अली ५, अकिब इलयास १६, सन्दीप गौड ३३, बादल सिंह ५, नसिम खुशी २८ र कलिमुल्लाह १ रन बनाई आउट भए। नेपालबाट करण केसीले ४ विकेट लिए। ओमानका ओपनरद्धय जतिन्दर र खावर अलीलाई आउट गरेका करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चे।
एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका सुसन भारीले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले १० ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए। उनले एकै ओभरमा कप्तान जेसन मक्सुदलाई २० र सुरज कुमारलाई शुन्यमा आउट गरी नेपाललाई खेलमा हावी बनाएका थिए। अर्को एक विकेट दीपेन्द्रसिंह ऐरीले लिए।
डेब्यु गर्ने अर्का खेलाडी अविनाश बोहराले ९ ओभरमा २ मेडन राख्दै ३८ रन खर्चिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ४५ रन खर्चेर कुनै विकेट लिन सकेनन्। नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेको हो। लिग २ मा नेपालको यो पहिलो खेल हो भने ओमानले ८ खेल खेलिसकेको छ।
ओमान ४ जितका साथ ७ राष्ट्र सहभागित प्रतियोगिताको चौथो स्थानमा छ। नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी-२० विश्वकप : नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
विश्वकप क्रिकेटमा सहभागी हुने कुरामा कुनै पनि पदाधिकारीले गलत काम गरेको छैनः क्यान
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
दक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा
असार २, २०८१ आइतबार
दोहा वार्तामा अफगानिस्तान सहभागी हुने
असार २, २०८१ आइतबार
रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा
असार २, २०८१ आइतबार
नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग
असार २, २०८१ आइतबार
कारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
सास्तीमा छन् निसेलढोरवासी
असार २, २०८१ आइतबार