कालीगण्डकी करिडोरमा सुख्खा पहिरो,सडकखण्ड अवरुद्ध

नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार १९:४२:५३

२२ माघ काठमाडौं । सुख्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–टाकुरी सडकखण्ड अवरुद्ध भएको छ ।
बागलुङ नगरपालिका–१३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङबजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीसाधन रोकिएका छन् । वैकल्पिक मार्गबाट सवारी पठाउने तयारी भइरहेको भए पनि बागलुङ–कुश्मिशेरा कृषि सडक कालोपत्रको काम चलिरहेको र मालढुङ्गा–लहरेबर–गिठे–कुश्मीशेराखण्डमा समेत सडक ढलानको काम भइरहेका सावारीसाधन आवतजावतमा अवरोध भएको हो ।
निर्माणाधीन सडकलाई सहज बनाएर सवारी चलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बिहानदेखि रोकिएका सवारीलाई सहज आवातजावतको व्यवस्था मिलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक दीपक रिजालले बताए ।
सुख्खा पहिरो हटाएर करिडोर खुलाउने प्रयाससमेत थालिएको छ । बागलुङ–कुश्मिशेरा सडकखण्डमा कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कर्ण बिल्डर्सले डोजर पठाएर अवरोध हटाउने काम थालेको जनाएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङमा चल्ने साना तथा ठूला गरी झण्डै २०० सवारीसाधन प्रभावित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार