कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या पाँच सयभन्दा धेरै
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार २१:५३:१९
२२ माघ, काठमाडौं । कोरोना भाइरसबाट हङकङमा १८ जना सङ्क्रमित भएका छन् भने चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या करिब ५०० पुगेको छ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट विश्वभर त्रास फैलाएको छ । कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गरे ।
हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो ।
चिनियाँ नागरिक र चीन सरकारको पक्षमा थाइल्याणड
उता चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ ।
थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्राप्त समाचारअनुसार थाइ विदेशमन्त्री डोनले बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीसँगको फोनवार्ताका क्रममा सो विश्वास व्यक्त गरेका हुन् ।
चिनियाँ विदेशमन्त्री यीसँगको फोनवार्ताका क्रममा बुधबार बिहान थाइ विदेशमन्त्री डोनले यस्तो संकटको घडीमा थाइल्याण्ड सधैँ चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन पनि दिए ।
त्यस क्रममा उनले चीनलाई यस्तो अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाइ सरकार तत्पर रहेको पनि बताए ।
चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरी महामारीको रूप नलिएको तर यसको खतरा भने बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मङ्गलबार बताएको थियो ।
डब्लूएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले अहिले विश्व कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको माहामारीको अवस्थामा रहेको बताएका थिए । यसअघि नै विश्व स्वास्थ्य संगठनले यस भाइरसको सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रमा रहेको बताएको थियो ।
कोरोना भाइरसका कारण चीनमा मङ्गलबारसम्म ४७९ जनाको मृत्यु भइसेकेको छ । यसैगरी १६ हजार ६७८ व्यक्तिमा सङ्क्रमण भएको कारण उपचार गराइरहेका छन् । ती मध्ये २ हजार ५२० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सो प्रान्तमा यस भाइरस सङ्क्रमणको कारण उपचार गराइरेहका ५२० उपचारपछि घर फर्किएका मङ्गलबार जनाइएको छ ।
सो फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले थाइल्याण्ड सरकारलाई विशेष धन्यवाद दिएका थिए । थाइ विदेशमन्त्री डोनले चीन र थाइल्याण्ड एकै परिवारका नागरिकजस्तो रहेका र कुनै पनि देशमा अप्ठेरोको समयमा यी दुवै देशलाई उत्तिकै समस्या पर्ने धारणा राखेपछि चिनियाँ विदेशमन्त्री वाङले थाइ सरकारलाई विशेष रुपमा धन्यवाद ज्ञापन गरेका थिए ।
चीनको मध्यक्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको चिनियाँ विदेशमन्त्रीले बताएका थिए ।
विश्व स्वास्थ्य संगठनले चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको छ बताएको थियो ।
चीनका अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभावित मुलुकहरूले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको पनि उक्त संगठनले जनाएको छ ।
चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने विश्वास थाइ विदेशमन्त्रीले व्यक्त गरेका थिए ।
चिनियाँ विदेशमन्त्री वाङले पनि विश्वका अरु कुनै देश तथा भूभागमा देखिने महामारीको दरभन्दा यस संक्रमणको फैलावट दर बढी नभएको र चीनले यसको नियन्त्रणका लागि सक्दो उपायहरु अवलम्बन गरिरहेको बताएका थिए । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार