नेपाल बहराइनबीच सिधा हवाई सम्पर्कका लागि पहल
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार १३:११:३८
२३ माघ काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पद्म सुन्दासले नेपाल बहराइनबीच सिधा हवाई सम्पर्कका लागि पहल भइरहेको जानकारी दिएका छन् ।
मङ्गलबार मनामास्थित नेपाली दूतावासमा आयोजित लगानी प्रवद्र्धन तथा व्यापार विविधीकरणसम्बन्धी छलफलमा उनले सिधा हवाई सम्पर्क नहुँदा नेपालबाट सामान निर्यातमा कठिनाइ भइरहेको हुँदा सिधा सम्पर्कका लागि पहल भइरहेको जानकारी दिएको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।
राजदूत सुन्दासले भने “सिधा हवाई सम्पर्क नभए तापनि बहराइनमा नेपाली वस्तुुको व्यापार प्रवद्र्धन भइरहेकामा मलाई खुशी लागेको छ, यहाँ रहेका नेपाली समुदायको थप सक्रियताको अपेक्षा गरेको छु ।”
कार्यक्रममा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा सुमित्रा मानन्धर गुरुङले कम तौल तर उच्च बजारभाउ भएका नेपाली स्थानीय उत्पादनको व्यापार विविधीकरणमा जोड दिँदै बहराइनमा बजार विस्तारको सम्भावना पहिल्याउन आवश्यक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार