पोल्याण्डमा राष्ट्रपति चयनका लागि निर्वाचनको मिति घोषणा
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार १३:२४:१०
२३ माघ एजेन्सी । पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आगामी मे १० तारिखका दिन निर्वाचन हुने भएको छ । तल्लो सदनका सभामुखले बुधबार संसद्मा राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेका हुन् हो । उनले दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा मे २४ मा गर्ने तय भएको पनि संसद्मा घोषणा गरे ।
पोल्याण्डका सञ्चारमाध्यमहरूले आगामी निर्वाचनबाट पनि वर्तमान राष्ट्रपति अन्द्रजेज डुडा नै विजयी हुने सम्भावना अत्यधिक रहेको उल्लेख गरेका छन् । उनीहरूले गरेको प्रारम्भिक मत सर्वेक्षणले उनलाई नै बलियो उम्मेदवारका रूपमा देखाएको जनाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार सर्वेक्षणमा सहभागीमध्ये कूल ४२ प्रतिशतले वर्तमान राष्ट्रपति डुडालाई नै मत हाल्ने बताएका छन् ।
उनीहरूमध्ये २६ प्रतिशतले राष्ट्रपतिका अर्का प्रतिस्पर्धी माल्गोर्जाता किडावा ब्लोन्स्कालाई निर्वाचित गराउनुपर्ने धारणा राखेका थिए । उनी देशको सबैभन्दा ठूलो विपक्षी शक्तिका रूपमा रहेको सिभिक गठबन्धनका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।
सर्वेक्षणकर्ताहरूका अनुसार वर्तमान राष्ट्रपति डुडा पहिलो चरणको मतदानबाट नै विजयी हुने सम्भावना अत्यधिक देखिएको छ । सर्वेक्षणमा सहभागी भएकामध्ये आठ प्रतिशतले भने कसलाई मतदान गर्ने भन्नेबारेमा निर्णय भइनसकेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार