विपद् प्रतिकार्यमा समुदायलाई सक्षम बनाईँदै
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार १३:५२:४७
२३ माघ सप्तरी । विपद्का अवस्थामा उद्धार कार्यमा समुदायको थप क्षमतालाई कसरी बढाउने भन्ने ध्येयले नेपाली सेना,भीमदलगणले यहाँ विपद् प्रतिकार्य तालीम शुरुआत गरेको छ ।
गणले तीन वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा तीनदिने सामुदायिक विपद् प्रतिकार्य तालीम शुरु गरेको हो । बाढीपहिरो, भूकम्प र आगलागीका घटना न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता वृद्धि गर्न तिलाठीकोइलाडी गाउँपालिकाका स्थानीय तहका ५५ लाई विपद् प्रतिकार्य तालीम प्रदान गरिरहेको भीमदलगणका गणपति प्रमुख सेनानी गुप्तबहादुर कुँवरले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले विपद्बाट अतिप्रभावित गाउँपालिका रहेको हुँदा युवालाई आफ्नो समुदायमा आइपर्ने विपद्को सामना गर्न पूर्वतयारी गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको बताए । विपद् जोखिममा रहेको तिलाठीमा हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न पूर्वतयारी आवश्यकता रहेको तिलाठीकोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्रले उल्लेख गगरे ।
गाउँठाउँमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाइएको उद्धार सामग्री प्रतिकार्य तालीममा प्रयोग गरी सिकाइने प्रशिक्षक हरिप्रसाद जैसीले जानकारी दिए । “ड्रमबाट बनाइने उद्धार सामग्री बढी खर्च लाग्ने भए पनि भरपर्दो हुन्छ”, उनले भने, “म्याट र बोतलबाट बनाइने सामग्री भने व्यक्तिगत रुपमा पनि निर्माण गर्न सकिन्छ ।”
तालीममा नेपाली सेनाको १ नम्बर विपद् व्यवस्थापन गण सुन्दरीजल काठमाडौंका जैसी, सनिर कार्की, गणेश सुनार, रामजी विष्ट, हरि सुनार, सागर थापासहितकाले सहजीकरण गर्ने तिलाठीकोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोली पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार