पाल्पामा वनको नयाँ प्रयोग, यसरी प्रयोग गरे सफल हुन्छ आर्थिक क्रान्ति
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार २२:३४:२३
–कृष्ण दर्नाल
२३ माघ पाल्पा। पाल्पाका स्थानीय बासिन्दाले वनको उचितरुपमा व्यवस्थापन गरी आम्दानी गर्न सफल बनेका छन् ।
निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका स्थानीय बासिन्दाले खरिया फँडानी गरी व्यावसायिक केराखेतीबाट आम्दानी लिन सफल भएका हुन् । वन क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । वनको रेखदेख भएको छ भने स्थानीय बासिन्दाको आम्दानीको स्रोतका रुपमा वन क्षेत्रको विकास हुँदै गएको हो ।
वनभित्रको झाडी तथा कुकाठ विस्थापित गरी तीन वर्षदेखि केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । स्थानीय बासिन्दाको अगुवाइमा भिरालो जमिनकोे झाडी र वनमारा हटाइ सिङ्गो बस्ती केराखेतीमा परिणत भएको हो । व्यावसायिक केराखेतीले आन्तरिक पर्यटकको मन लोभ्याउने गरेको छ । केराखेती हेर्न यस क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका छन् ।
अनुत्पादक अवस्थाको वन क्षेत्रमा २५ हजार केराका बोट रोपिएको छ । स्थानीय बासिन्दाले अनुत्पादनक क्षेत्रमा व्यावसायिकरुपमा केराखेती गरी आर्थिकरुपमा टेवा पु¥याउने उद्देश्य रहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताए।
सत्ताइस हेक्टर जमिन केराखेतीका लागि कबुलियती वन कार्यक्रमअन्तर्गत यहाँका स्थानीय बासिन्दालाई वन क्षेत्र हस्तान्तरण गरिएको छ । चालिस वर्षसम्म स्थानीयले केराखेती गरी जीविकोपार्जन गर्ने उद्देश्यसाथ समुदायलाई वन हस्तान्तरण भएको हो ।
गाडादी कबुलियती वन उपभोक्ता समूहका सचिव सञ्जिता ठाडाले भनिन्, “वनबाट दाउरा र घाँस ल्याउने मात्र थाहा थियो, अहिले वनबाट पैसा कमाउन थालेका छौँ । वनभित्र रहेका झाडी तथा वनमारा मासेर केराखेती गरेपछि भएको आम्दानीले स्थानीय बासिन्दालाई निकै उत्साहित बनाएको छ ।”
स्थानीय बासिन्दाले स्वदेशमा नै बसेर दुई चार पैसा कमाउनका लागि विदेश जानु पर्दैन । नेपाली भूमिमा पसिना बगान मेहनत गरे खेतबारी वनबाट पैसा कमाउन सकिने नमूना बनेको सचिव ठाडाले बताइन् । ज्यामिरेस्थित मोलोग्रामको बस्ती वन क्षेत्रसँग जोडिएकाको छ । पच्चीस घरपरिवार वनमा व्यावसायिक केराखेतीमा आबद्ध छन् ।
वन कार्यालय पाल्पासँग स्थानीय बासिन्दाले कबुलियती वन कार्यक्रम सम्झौता गरी व्यावसायिक केराखेतीमा जुटेका हुन् । चालिस वर्ष स्थानीय बासिन्दाले व्यावसायिक केराखेती गर्नेछन् । वन क्षेत्रको रेखदेख र संरक्षणका लागि दुई कबुलियती वन समूह गठन भएका छन् । ती समूहको सहकार्यमा वनमा व्यावसायिक केराखेती हुँदै आएको हो ।
गाडादी–टोकल्कदी कबुलियती वन उपभोक्ता समूहका अध्यक्ष रमनबहादुर सारुले २५ घरपरिवारको सहकार्यमा सञ्चालित व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएको बताए । यो आवमा रु १० लाख आम्दानी हुने अनुमान छ ।
कम लगानी र मेहनतमा व्यावसायिक केराखेती हुँदा यहाँका किसानसमेत खुशी छन् । केराखेतीबाट भएको आम्दानी समूहका सदस्यलाई बराबर वितरण हुँदै आएको छ ।
नवलपरासीको विडीपुर, छिमेकी पूर्वखोला गाउँपालिका र होंसी सिमेण्ट कम्पनीको सडक क्षेत्रमा केराको खपत आएको छ । नवलपरासीको बर्दघाट क्षेत्रबाट यहाँ उत्पादित केरा ठूलो मात्र छ । हप्तामा दुई तीन ट्रक केरा माग रहे पनि एक ट्रक निकासी हुँदै आएको अध्यक्ष सारुको भनाइ थियो ।
मालभोग र राहुस्टार प्रजातिको केरा रोपिएको छ । केराबाट अचार, सब्जी, चिप्स, मःमलगायत विविध परिकार तयार हुन्छ । पाहुनालाई केराका विविध परिकारको स्वाद लिन सकिन्छ । पहाडी जिल्लामा उत्पादित केरा मीठो हुँदा यसको माग तराईका जिल्लामा बढी छ । जिल्ला कृषि विकास कार्यालय र ओकेबाजेको आर्थिक सहयोगमा केराखेती थालिएको हो । डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक केराखेती विस्तार गरिएको हो । व्यावसायिकरुपमा केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सफल बनेको हो ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले केराको निकासी गर्न समस्या हुँदा वन क्षेत्रदेखि बस्तीसम्म चालू आवको असार मसान्तसम्म मोटरबाटो विस्तार गर्ने बताए । पाल्पाको निस्दी आर्थिकरुपमा केराखेतीबाट एक÷दुई वर्षको अवधिमा जुर्मुराउन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार