घर बनाउदै हुनुहुन्छ भने यी स्टिल कम्पनीहरुसंग सजक रहनुहोला,गुणस्तरहीन भेटिए यी कम्पनी
नेपालबहस संवाददाता
माघ २३, २०७६ शुक्रबार ०:५९:९
२३ माघ काठमाडौं । देश बनाउने जिम्मेवार सहितका नारा घन्काउने नेपालका तीन स्टिल कम्पनी कारबाहीमा परेका छन् ।
आकर्षक नारा दिएर बजार तानेका कम्पनीले नाराको त अलग कुरा आफ्नो मापदण्डअनुसार पनि उत्पादन नगरेपछि नापतौल विभागले कारबाही गरेको छ । नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले चेकजाँच गर्दा गुणस्तरहीन भेटेपछि विभागले गोदावरी स्टिल्स रौतहट, गोयन्का स्टिल्स रुपन्देही र अशोक स्टिल्स बारालाई कारबाही गरेको हो ।
विभागले अशोक स्टिल्सलाई टीएमटी बार १२ एमएम साइजका स्टिल्सको मापदण्ड नपुगेको भन्दै उक्त साइजका सम्पूर्ण उत्पादनको बिक्रीमा रोक लगाइ बजारबाट फिर्ता ल्याउन र स्पष्टिकरण माग गरेको छ । विभागले इलोङगेसन कम्तीमा १२ प्रतिशत हुनुपर्नेमा ११.६७ प्रतिशत मात्रै भएको उल्लेख गर्दै बेन्ड टेस्ट पनि गुणस्तरको १९.१ अनुरुप नभएको बताएको विभागका महानिर्देशक विश्ववावु पुडासैनीले जानकारी दिए ।
विभागले गोदावरी स्टिल्सले टीएमटी बार ८ एमएम साइजको स्टिल्स ५०० ए÷एमएम २ को गुणस्तर हुनुपर्नेमा ४६१ मात्रै उत्पादन गरेकाले इजाजत पत्र स्थगन गरेको छ । साथै गोयन्का स्टिल्सले पनि टीएमटी बार ८ एमएम साइजका स्टिल्सको बेन्ड टेस्ट १९.१ अनुरुप नभएको भन्दै इजाजतपत्र स्थगन गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार