निर्माण व्यवसायीका उपकरणको सुरक्षागर्न गृह मन्त्रालयलाई लिखित निर्देशन
नेपालबहस संवाददाता
माघ २३, २०७६ शुक्रबार २:८:४१
२३ माघ काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रतिनिधि सभा तथा राष्ट्रिय सभा मातहत रहेका विभिन्न समितिका सभापतिहरु सहित राष्ट्रिय योजना अयोगका उपाध्यक्षलाई निर्माण व्यवसायीका समस्या र समाधानका उपायका विषयमा जानकारी गराएको छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले महासंघको हालै सम्पन्न २१ औं साधारण सभाले जारी गरेको घोषणापत्र अवगत गराउने क्रममा निर्माण व्यवसायीका समस्या र समाधानका उपायका बारेमा जानकारी गराएको हो ।
महासंघले सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, राष्ट्रिय सभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कडेँलसँग अलग अलग भेट तथा अन्तरक्रिया गरी व्यवसायीका समस्याहरु बारे जानकारी गराएको हो । जवाफमा सभापति सभापतिहरु सहित योजना आयोगका उपाध्यक्षले मुलुकको भौतिक पूर्वाधार विकास विस्तारमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने भन्दै व्यवासयीहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए ।
महासंघ प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले सरकारी निकायहरु निर्माण व्यवसायीहरुसँग सहकार्य गर्दै अघि बढ्नु पर्ने धारणा राखे । महासंघ प्रतिनिधिमण्डलले व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रावधान खारेजी तथा निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाका सम्बन्धमा सभापति खड्काको ध्यानाकर्षण गराएको थियो । जवाफमा सभापति खड्काले व्यवसायी र उनीहरुको उपकरणको सुरक्षालाई लिएर गृह मन्त्रालयलाई लिखित निर्देशन दिइने बताए ।
महासंघ प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा राष्ट्रिय सभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले निर्माण व्यवसायीको भूमिका विना मुलुकको विकास असम्भव रहेको धारणा राखे । व्यवसायीहरुलाई काम गर्न जे जस्ता नियम तथा निर्देशिकाहरु बाँझिएका छन्, त्यसलाई परिमार्जन गर्न सम्बन्धित् निकायमा निर्देशन दिइने प्रतिबद्धता पनि उनले जनाए ।
महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कडेँलले पूर्वाधारको विकास विना समृद्धि असम्भव रहेको बताए । समृद्ध मुलुक निर्माणका लागि महासंघसँग सहकार्य गर्दै अघि बढ्ने उपाध्यक्ष कडेँलले बताए । मुलुकको विकास निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासंघ “पिल्लर” भएको उनको धारणा थियो ।
प्रतिनिधिमण्डलको नेतृत्व गरेका महासंघका अध्यक्ष रवि सिंहले समृद्ध मुलुक निर्माणका लागि महासंघको २१ औं साधारण सभाले महत्वपूर्ण घोषणा पत्र जारी गरेको बताउँदै सबैको साथ सहयोग लिएर व्यवसायीहरु अघि बढ्न तयार रहेको बताए । २१ औं साधारण सभाको भक्तपुर घोषणा–पत्र कार्यान्वयनको लागि ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले निर्माण व्यवसायीका मागहरु छिट्टै सम्बोधन हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार