माच्छापुच्छ्रे क्यापिटल देशव्यापी काम थाल्ने तयारीमा

नेपालबहस संवाददाता
माघ २३, २०७६ शुक्रबार २:१२:५२

२३ माघ, काठमाडौं । माच्छापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माच्छापुच्छ्रे क्यापिटल लिमिटेडको आज एक औपचारिक कार्यक्रम बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माच्छापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका छन् ।
उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले माच्छापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजी बजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल होस् भन्ने शुभकामना व्यक्त गरे । उनले पुँजी बजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र थप नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्ने विश्वास लिएको बताए ।
त्यस्तै, माच्छापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले माच्छापुच्छ्रे क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिए । यस क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानी भित्र मात्र नभै देश भरी रहेका लगानीकर्ताहरुलाई सेवा पुर्याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरे । उक्त समारोह माच्छापुच्छ्रे क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा सन्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
डोलेश्वर मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुल्ला
फागुन १४, २०८१ बुधबार
प्रोटिनको कमी पूरा गर्न यी शाकाहारी खानेकुरा खानुहोस्
फागुन १४, २०८१ बुधबार
बुधबार तोलामा ८ सयले घट्यो सुनको मूल्य
फागुन १४, २०८१ बुधबार
‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु
फागुन १४, २०८१ बुधबार
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
फागुन १४, २०८१ बुधबार
त्रिशुललाई नेपाली सेनाको सलामी
फागुन १४, २०८१ बुधबार