तपस्वीको भेषमा रहेका बमजन बेपत्ता, आश्रमबाट चार जना पक्राउ
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार १८:२०:३६
२४ माघ, काठमाडाैं । विवादास्पद छविका तपस्वी रामबहादुर बमजन सिन्धुलीस्थित आश्रमबाट भागेको प्रहरीले जनाएको छ । आफ्ना अनुयायी तथा आनीलाई आश्रमबाट बेपत्ता पारेको आरोपमा बमजनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले आदेश दिए लगत्तै प्रहरी पुग्दा फेला पार्न नसकेको सिन्धुली प्रहरीले बताएको छ ।
सर्लाही प्रहरी प्रमुख विश्वमणि पोखरेलका अनुसार, बमजनलाई पक्रन सिन्धुली प्रहरीको साथमा पुगेका प्रहरी रित्तै फर्कनु परेको छ । हिजो बेलुकी नै पक्राउ पूर्जी जारी भएको तर आज बिहान हामी पक्रन जाने सल्लाह भएकोमा उक्त सूचना चुहिएको हुन सक्ने अनुमान एसपी पोखरेलले लगाए ।
बमजन धेरै टाढा नगई वरिवरिको जंगलमा लुकेको हुन सक्ने अनुमानका साथ हामी खोजी गरिरहेका छौं – पोखरेलले भने । बमजन फेला नपरेपनि आश्रमबाट प्रहरीले चार जनालाई भने पक्राउ गरेको छ ।
सिन्धुली प्रहरी प्रमुख श्यामबहादुर खत्रीले पनि बमजन आश्रममा फेला नपरेको पुष्टी गरेका छन् । अहिले वरिपरीको जंगल क्षेत्रमा कुकुरको सहयताले हामी उनलाई खोजिरहेका छौं – प्रहरी प्रमुख खत्रीले भने ।
बमजनले आश्रमबाट अनुयायी र आनीलाई बेपत्ता पारेको आरोप लामो समयदेखि लागिरहेको छ । सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर सञ्चमान वाइवालाई बेपत्ता पारेको आरोपमा उनलाई पक्राउ गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी पोखरेलको बढुवा सिफारिसमा गृहमन्त्रीकै कमजोरी
असार २२, २०८१ शनिबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
ललितपुरबाट ५० लाख नगद र सुन गाल्ने मेसिनसहित शंकास्पद करोबारमा संलग्न ५ जना पक्राउ
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार