कृषि अनुदानका लागि ३९ फर्म छानिए
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार १८:५३:४७
२४ माघ, लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङले ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत अनुदानका लागि ३९ वटा फर्म छनोट गरेको छ ।
लमजुङबाट ११० र मनाङबाट एक गरी कूल १११ वटा आवेदन परेकोमा तीमध्ये मनाङको एकसहित ३९ फर्म छनोट गरिएको कृषि ज्ञान केन्द्र लमजुङका कार्यालय प्रमुख रोहणीराज घिमिरेले बताए ।
छनोट मूल्याङ्कन समितिले किसानको घरदैलोमै पुगेर स्थलगत अध्ययन र अनुगमन गरेपछि प्रस्तुत गरेको प्रतिवेदनका आधारमा ती फर्म छनोट गरिएको उनले बताए । केन्द्रले अनुदानका लागि गएको साउन २० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो ।
लमजुङको आठ स्थानीय तहमध्ये सुन्दरबजार नगरपालिकाका ७, राइनास नगरपालिकाका ६, मध्यनेपाल नगरपालिकाका ६, दूधपोखरी गाउँपालिका ३, दोर्दी गाउँपालिका २, क्ब्होलासोथर गाउँपालिका ३ र मस्र्याङ्दी गाउँपालिकाका ४ गरी ३८ तथा मनाङको नासो गाउँपालिकाका एक गरी कूल ३९ फर्म छनोट भएको केन्द्रले जनाएको छ ।
मनाङमा तुलनात्मक रुपमा कृषि सहकारीका साथै सक्रिय कृषक समूहको कमी, फर्म दर्ता गरी कृषि कर्म गर्ने किसानको सङ्ख्या कम भएको र आवेदन एउटा आएकोमा एउटा छनोट गरिएको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनले भने, “प्रत्येक स्थानीय तहमा एक एक वटा फर्म अनिवार्य छनोट हुनुपर्ने भए पनि ५० प्रतिशतभन्दा बढी राम्रो भएको हुनुपर्छ ।”
‘साना कृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा यस केन्द्रलाई रु एक करोड आएको केन्द्रले जनाएको छ । ती छनोट भएका फर्मले कम्तीमा रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म सहयोग प्राप्त गर्ने छन् । केन्द्रमा गएको वर्ष लमजुङबाट २० वटा आवेदन दर्ता भएका थिए । तीमध्ये तीनले सम्झौता नै गर्न नआएको हुँदा १७ ले अनुदान पाएका थिए।
‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट गएको वर्ष केन्द्रलाई रु ७० लाख प्राप्त भएको थियो । ‘साना कृषि मोडेल फर्म स्थापना’ कार्यक्रमअन्तर्गत गएको वर्ष रु दुई लाख ५० हजारदेखि चार लाख २० हजारसम्म कृषि सहकारी, कृषक समूह तथा निजी कृषि कम्पनीले अनुदान पाएका थिए । ‘मौरीपालन, अलैँचीखेती, तरकारी खेती, माछापालन र केराखेतीका क्षेत्रमा सहयोग गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेशमा धेरै
जेठ १३, २०८१ आइतबार
सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार