प्रेस युनियन रसुवाको अध्यक्षमा सुशिल कोइराला निर्वाचित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार २१:३१:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/press-union-rasuwa-1_QDY0lerL7N.jpg)
२४ माघ, रसुवा । नेपाल प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेशनले सुशिल कोइरालाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपमा चयन भएको सो कार्यसमितिको उपाध्यक्षमा शुशीकुमार डंगोल, महिला उपाध्यक्षमा झरना नेपाली, सचिव आशिष तामाङ, सहसचिव संगीता तामाङ, कोषाध्यक्षमा सुवास घिमिरे छन् । कार्यसमिति सदस्यहरुमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा, संदिप पौडेल चुनिएका छन् ।
अधिवेशनले चैत २१ र २२ गते नेपालगंजमा हुने नवौं केन्द्रिय महाधिवेशनको लागि ५ जना पार्षद पनि चयन गरेको छ । पार्षदहरुमा गणेश श्रेष्ठ, धर्म पौडेल, सुनिल पौडेल, अनु आचार्य र झरना नेपाली रहेका छन् । प्रदेश प्रतिनिधिहरुमा श्रीकृष्ण पौडेल, सुदिप न्यौपाने, भवानी पौडेल, भक्तबहादुर गुरुङ, मिलन देवकोटा, रक्षा न्यौपाने र सन्तोषी तामाङ रहेका छन् ।
सर्वसम्मत निर्वाचित कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुलाई प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र केन्द्रिय प्रतिनिधि प्रदिप चापागाईंले टीका तथा खादा लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
यसअघि तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले प्रेसले स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन नेपाली कांग्रेसले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।
संघीय सांसद ईन्जिनियर मोहन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस सधैं अग्रामोर्चामा रहेको उल्लेख गर्दै सरकारले संसदमा ल्याएका सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयक र विशेष सेवा विद्येयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधानको विरोध गरे।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको आन्तरिक गृहकार्य भैरहेको उल्लेख गर्दै सबैलाई महाधिवेशनमा सहभागी हुन आग्रह गरे ।
कृष्ण थापाको अध्यक्षतामा भएको अधिवेशनमा उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्रराज लम्साल, केन्द्रिय प्रतिनिधि प्रदिप चापागाईं, नेका जिल्ला कार्यसमिति सदस्य उत्तम थापा, रसुवा महिला सञ्जाल अध्यक्ष सुनिता गुरुङ, प्रेस संगठनका संयोजक बलराम घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार