कांग्रेस सांसदका अगाडि सभामुख मौन
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार २२:४४:१५
२४ माघ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई मोहोरा बनाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अधिकांश व्यक्तिमाथि मुद्दा दायर गरेपछि उत्पन्न परिस्थितिका कारण संसद बैठक दुई दिनका लागि स्थगित भएको छ । नेकपाको प्रतिशोधपूर्ण राजनीतिका विरुद्ध कांग्रेस एक्लो बृहस्पतीको रुपमा उभिने भएपछि परिस्थिती प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष खड्गप्रसाद ओलीले सोचे विपरित हुन पुगेको छ ।
कांग्रेस सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको पटक-पटकको आग्रह र अनुरोधलाई नमानेपछि कांग्रेसका सांसद मीन विश्वकर्मालाई बोल्नका लागि समय उपलब्ध गराएका थिए । सांसद विश्वकर्माले आयोगले आफ्नो अधिकारको दूरुपयोग गर्दै कसैलाई काखा र कसैलाई पाखा गरेर सरकारको लाचार छायाँ बनेको बताए ।
नेपाली कांग्रेसका सांसदले नेकपाले चालेको कदम कदापी सही र सत्य नभएको भन्दै विरोध गरेर संसद अवरोध गरेका कारण आज ३० मिनेटका लागि भनेर स्थिगित गरिएको थियो । तर, पछि बैठक सुरू नै हुन सकेन र प्रतिनिधिसभाको बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो १ बजे संसद बैठक बोलाइएता पनि २० मिनेट ढिला मात्र सुरु भएको थियो । प्रतिनिधिसभा बैठकको शुरु हुन नपाउँदै कांग्रेस सांसदहरुले टेबल ठट्टउँदै उठेर विरोध जनाएका थिए । विराेध गर्दै सांसदहरू यथास्थानमा बस्न नमानेपछि सभामुख सापकाेटा माैन बसेका थिए । केही बेरकाे माैनता र सन्नाटा चिर्नका लागि उनी बाेल्थे तर कांग्रेस सांसदकाे अगाडि उनकाे कुनै जाेडबल चलेन ।
कांग्रेस सांसदले कुनै पनि हालतमा बैठक चल्न नदिने भन्दै अवरोध जारी गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले दिउँसो २ः१० बजे पुनः बस्ने गरी बैठक स्थगित गरे । त्यस पछि एक सुचना जारी गर्दै संघीय संसद सचिवालयले अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल्पमतमा रहेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
जेठ १४, २०८१ सोमबार
राप्रपाले गर्यो मध्यावधि निर्वाचनको आशंका
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार
अल्पमतमा रहेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
जेठ १४, २०८१ सोमबार
राप्रपाले गर्यो मध्यावधि निर्वाचनको आशंका
जेठ १४, २०८१ सोमबार
पर्यटन विभागले भन्यो, गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं
जेठ १४, २०८१ सोमबार