एमसीसी रोक्ने षड्यन्त्रबाट पछि हट्न चीनलाई अध्यक्ष गौतमको चेतावनी
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार २३:१५:३२
२४ माघ, काठमाडौं । नेपाल रिपब्लिक पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत अमेरिकी सरकारले नेपाललाई दिन लागेको ५५ अर्ब रुपैयाँको अनुदान सहयोगलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले विवादास्पद बनाउने प्रयास गरेको भन्दै घोर भर्त्सना गरेको छ ।
सो पार्टीका राष्ट्रिय अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्- “नेपालको ज्यादै पुरानो र शुभचिन्तक प्रजातान्त्रिक मित्रराष्ट्र अमेरिकाले दिन लागेको सहयोग बारे नकारात्मक धारणा फैलाउने र अवांछनीय विवाद खडा गरेर नेपालमा अमेरिका प्रति नै नकारात्मकताको विस्तार गर्ने कुत्सित मनसायले कम्युनिस्ट मुलुक चीनले नेपालको सत्तारुढ कम्युनिस्ट पार्टीलाई यस कुकृत्यका निम्ति उक्साएको कुरा अब रहस्यको विषय रहेन ।”
अध्यक्ष गौतमले नेपाललाई प्रजातान्त्रिक विश्वबाट अलग्याउँदै अविकसित अवस्थामा राखेर कम्युनिस्ट अधिनायकवादको कब्जामा पार्ने कम्युनिस्ट चीनको षड्यन्त्र अन्तर्गत यो काम भईरहेको प्रजातन्त्रप्रेमी नेपाली जनताले राम्ररी बुझेको दावी गर्दै नेपाल र नेपालीको दुश्मनले मात्र गर्नसक्ने यो कुकृत्यमा लागेको सत्तारुढ नेकपा र यसका नेताहरुको असली अनुहार अब नेपाली जनतासामु उदांगो भईसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सो विज्ञप्तिका अनुसार नेपाल रिपब्लिक पार्टी यो षड्यन्त्रबाट तत्काल पछि हट्न कम्युनिस्ट चीनलाई चेतावनी दिन चाहन्छ । साथै, अवांछनीय विवाद खडा गर्ने कृत्य तत्काल बन्द गरेर एमसीसीलाई चालु संसदबाट तत्काल अनुमोदन गराउन सत्तारुढ कम्युनिस्ट पार्टीलाई पनि चेतावनी दिन चाहन्छ । यसका साथै नेपाल र नेपालीको हितमा बन्चरो चलाउन खोज्ने प्रयासको सजाय नेपाली जनताले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई यथासमय दिने कुरा पनि स्मरण गराउन चाहन्छ ।
“कम्युनिस्टहरु जहाँ सरकारमा पुगे त्यो देश र कम्युनिस्ट मुलुकको संगत जसले गर्यो त्यो मुलुक बरबाद भएको उदाहरण संसारभरि नै छ । नेपाल त्यो अवस्थामा नपुगोस् भनेर प्रजातान्त्रिक विश्व सतर्क छ । नेपाल रिपब्लिक पार्टी यसका निम्ति जुनसुकै भूमिका निर्वाह गर्न तयार छ भन्ने कुरा कम्युनिस्ट चीन र नेपालका कम्युनिस्टहरुले बुझिराख्नु उचित हुनेछ “-विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार