काठमाडौंमा अनलाइन टेलिभिजनहरुको भेला, आचारसंहिता पालना गर्ने प्रतिबद्धता
नेपालबहस संवाददाता
माघ २४, २०७६ शनिबार ०:९:२८
२४ माघ, काठमाडौं । काठमाडौँबाट सञ्चालनमा रहेका अनलाइन टेलिभिजन सञ्चालकले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
अनलाइन टेलिभिजनमा विकृति अत्यधिक भएको स्वीकार गर्दै उनीहरुले अहिलेको पत्रकार आचारसंहितामा केही थपघट गरेर आफ्नोतर्फबाट अर्को आचारसंहिता बनाउने निर्णय पनि गरेका छन् ।
अनलाइन टेलिभिजन सञ्चालकको प्रथम भेला तथा विज्ञसँगको अन्तरक्रिया कार्यक्रममार्फत उनीहरुले स्वनियमन गर्ने र सङ्गठित हुने अठोट पनि व्यक्त गरेका हुन् । भेलामा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले राज्यको नियन्त्रणभन्दा पनि स्वनियमनको पक्षमा उभिन अनलाइन टेलिभिजन सञ्चालकलाई सुझाव दिए । उनले जिम्मेवार बन्न चाहने अनलाइन टेलिभिजनले आफू ‘जिम्मेवार सञ्चारमाध्यमका रुपमा काम गर्न चाहेको र आचारसंहिता पालना गर्ने’ स्वघोषणा गर्नु उपयुक्त हुने बताए।
महासङ्घका अर्का पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले आफूले प्रस्तुत गरेका सामग्रीप्रति आफ्नो जिम्मेवारीबोध गरेमा यस क्षेत्रका विकृति स्वतः कम हुने धारणा राखे । उनले जिम्मेवार पत्रकारिताका मर्मलाई ख्याल गरेमा अनलाइन टेलिभिजनको भविष्य उज्ज्वल रहेको बताए।
प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले अन्य मिडियासरह काम गर्ने प्रतिबद्धता गरेमा त्यही अनुसारको मान्यता दिनुपर्ने विचार राखे। अनलाइन पत्रकार सङ्घका संस्थापक अध्यक्ष प्रवेश सुवेदीले सङ्गठित भएमा पेशालाई व्यवस्थित गर्न, सहयोग तथा अनुभव आदानप्रदान गर्न र नीतिगत व्यवस्थाका लागि सजिलो हुने भएकाले सङ्गठित हुनु उपलब्धिमूलक कार्य भएको बताए।
भेलाको अध्यक्षता गर्नुभएका पत्रकार जीवन भण्डारीले सङ्गठित हुन र जिम्मेवार पत्रकारिताको दायरामा आउन आवश्यक सबै कार्य गर्दै जाने निर्णय भएको जानकारी दिए। उनका अनुसार भेलाले २५ सदस्यीय तदर्थ समिति, आचारसंहिता तथा स्वनियमन समिति, सदस्यता समिति र विधान मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ । सबै समितिका लागि जिम्मेवारी भने अर्को बैठकबाट तोकिने भएको छ ।
भेलाले अनलाइन टेलिभिजनकर्मीलाई समस्या पर्दा एकजुट भएर सहयोग गर्ने, पेशागत हकहित संरक्षणसँगै पेशागत गुणस्तर वृद्धिका लागि निरन्तर कार्यक्रम गर्ने निर्णय पनि गरेको भेलाका सञ्चालक तथा टिभी अन्नपूर्णका सञ्चालक राजु सुवेदीले जानकारी दिए। भेलामा ९४ जना अनलाइन टेलिभिजन सञ्चालकहरु सहभागी थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार