मध्यपहाडी राजमार्गमा १२६ पुल निर्माण हुदै,एक करोड जनता लाभान्वित हुने
नेपालबहस संवाददाता
माघ २४, २०७६ शनिबार ०:४७:१०
२४ माघ, काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्गमा ७३ पुल निर्माण भएको छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभन्ज्याङदेखि अन्तिम विन्दु बैतडीको झुलाघाटसम्म १२६ पुल निर्माण गरिनेमा हालसम्म ७३ सम्पन्न भइसकेको हो ।
मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडका करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । सो सडकमा १९ पुल निर्माणाधीन रहेको सडक विभाग पुल महाशाखाले जनाएको छ । हालसम्म ३७ पुल निर्माणका लागि ठेक्का सम्झौता हुन बाँकी रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले बताए । निर्माणका लागि ठेक्का सम्झौता पुलमध्ये चारवटामा समस्या भएकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो ।
उनले भने, “तीनवटा पुलको ठेक्का तोड्न सूचना जारी भइसकेको छ, अर्को एउटा सूचना गर्ने तयारी छ ।” यो राजमार्ग सरकारले आव २०६९÷७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको हो । आव २०६४÷६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य छ । राजमार्र्गको कूल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक हो । झण्डै ८७९ किमी नयाँ ट्र्याक खोली सडक निर्माण गर्ने कार्य साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार