बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिन खोजेकोप्रति मानव अधिकार तथा शान्ति समाजको आपत्ति
नेपालबहस संवाददाता
माघ २४, २०७६ शनिबार १:१३:५१
२४ माघ, काठमाडौं । ललितानिवास जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल जिम्मेवारहरुलाई उन्मुक्ति दिन खोजेको प्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । समाजले आज जारी गरेको विज्ञप्तिमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेपनि मूल जिम्मेवारलाई उन्मुक्ति दिन खोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख छ ।
नेपाली काँग्रेसले उपसभापति विजय गच्छदार माथिको मुद्दा बदनियतपूर्ण भएको भन्दै सदन अवरुद्ध गरी भ्रातृ संस्थालाई सडकमा उतार्ने निर्णयप्रति पनि समाजको गम्भीर ध्यानाकर्षण भएको सभापति उत्तम पुडासैनीले बताए। “बालुवाटार जग्गा घोटाला प्रकरणमा अख्तियार जस्तो संवैधानिक निकायले दोहोरो मापदण्ड अवलम्बन गरेको छ, जुन दुर्भाग्यपूर्ण छ”, उनले भने।
भ्रष्टाचार प्रकरणमा आरोप लागेका नेताहरुको उन्मुक्तिका लागि सत्तारूढ र प्रमुख प्रतिपक्षी दल लाग्नु निन्दनीय भएको समाजको ठहर छ । देशभर सार्वजनिक जग्गा हडप्नका लागि विचौलिया सक्रिय रहेको र तिनको प्रभावमा राजनीतिक, न्यायिक र प्रशासनिक निकायका व्यक्तिले अनुचित कार्य गरेका कैयन उदाहरण भएकाले निष्पक्ष रुपमा छानबिन गर्न पनि समाजले माग गरेको छ । त्यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कानूनसम्मत कारवाही हुनुपर्ने समाजको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार