चीनको वुहानबाट फर्काउने नेपालीलाई खरिपाटीमा राख्न नदिने,विकल्प खोज्न सरकारलाईआग्रह
नेपालबहस संवाददाता
माघ २४, २०७६ शनिबार १:४१:१०
२४ माघ, काठमाडौं । चाँगुनारायण नगरपालिकाको छैठौं नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा आजदेखि शुरु भएको चाँगुनारायण नगरपालिकाको छैठौं नगरसभाले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गर्र्दै त्यसको विकल्प खोज्न आग्रह गरेको छ ।
नगरसभाको आजको पहिलो दिनको छलफलमा प्रवेश पाएको एक मात्रै एजेन्डा बनेको क्वारेन्टाइन राख्ने सरकारको निर्णयप्रति आलोचना गर्दै सभामा बोल्ने नेकपा, नेपाली काँग्रेस र नेमकिपाका जनप्रतिनिधि एवं नगरसभाका सदस्यहरुले सरकारको निर्णय सच्याउँदै विकल्प खोज्न माग गरेका थिए ।
नगरसभाको निर्णय सुनाउँदै नगरप्रमुख सोमप्रसाद मिश्रले भने, “कोरोना भाइरसप्रति चिनियाँ सरकार र जनताले लडेको लडाइँमा हाम्रो ऐक्यबद्धता र सहानुभूति प्रकट गर्ने, नेपाल फर्कन चाहने चीनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग जोड्दार माग गर्ने र चाँगुनारायणको सदरमुकाम एवं घनाबस्ती रहेको खरिपाटीमा चीनबाट फर्काइएका नेपालीलाई राख्ने सरकारको निर्णयप्रति स्थानीय जनताको समेत विरोध आएकाले गम्भीर ध्यानाकर्षण गर्दै अन्यत्र विकल्प खोज्न सरकारसँग माग गर्दछ ।”
नगरसभामा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष परासर सापकोटाले खरिपाटीमा चीनबाट फर्काइएका नेपाली राख्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले यहाँ क्वारेन्टाइन राख्न दिनै नहुने बताए।
त्यस्तै वडा नं २ का अध्यक्ष शिवहरि केसीले नगरपालिकाले आफ्ना नागरिकको सुरक्षामा गम्भीर भएर ध्यान दिनुपर्ने औँल्याउँदै सरकारले कोरोना भाइरसलाई गम्भीर रुपमा नलिएको र बस्तीका बीचमा क्वारेन्टाइन राख्न खोज्दा जनता त्रसित बनेको बताए । उनले नगरकोटको सडक ६ वर्ष नबन्दा नदेख्ने सरकारले क्वारेन्टाइन राख्ने ठाउँ भने यही देखेको टिप्पणी गर्दै सरकारले निर्णय नसच्याए यहाँको जनता आन्दोलनमा उत्रिने बताए।
वडा नं ३ का अध्यक्ष श्यामसुन्दर धिमालले बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा चीनबाट फर्काइएका नेपाली राख्न खोजेको बताए। उनले त्रासकै कारण यहाँका नागरिकमा अरू भाइरसको पीडामा परे त्यसको जिम्मेवारी कसले लिने भन्दै सरकारको निर्णय अस्वीकार गर्न नगरसभामा माग गरे।
सभामा वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले सरकारले घनाबस्तीका बीचमा नभई बस्ती नभएको सुरक्षित स्थानमा क्वारेन्टाइन राखोस् भन्दै यहाँका कर्मचारीदेखि आमनागरिक त्रसित भएकाले त्यसबाट अर्को समस्या आउनसक्नेतर्फ सचेत हुनुपर्ने बताए।
नगरसभामा वडा नं ९ का वडा सदस्य कमला गिरीले चीनबाट फर्काइएका नेपालीलाई घनाबस्तीका बीचमा राख्नु उपयुक्त नभएको भन्दै सरकारको निर्णयले स्थानीय बासिन्दादेखि पर्यटकीय क्षेत्रलाई समेत असर गर्ने भएकाले विकल्प खोज्नुपर्नेमा जोड थियो।
वडा नं २ का वडा सदस्य सोम प्रधानले नेपालमा कोरोना भाइरस फैलियो भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ भन्दै चाँगुनारायणमा कुनै हालतमा क्वारेन्टाइन राख्न नदिने गरी नगरपालिकाले नेतृत्व लिनुपर्ने माग गरे । यसअघि नगरपालिकाका उपप्रमुख विना बाँस्तोलाले नगर सरकारले राख्न लागेको क्वारेन्टाइन, चालु आव २०७६÷७७ को नीति तथा कार्यक्रमको समीक्षा लगायतका एजेन्डाहरु सभामा पेश गरेकी थिइन् । सभा २७ गतेसम्म चालु रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार