कानुनका विद्यार्थीले गुणनिधि सरलाई भोट हालेर गुन फर्काउने, प्रतिस्पर्धी निराश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
माघ २४, २०७६ शनिबार १:५४:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/Gunanidhi-neupane_bZQUYKogOt.jpg)
२४ माघ, काठमाडौं । लामो समय कानुनका विद्यार्थीलाई प्राध्यापन गरेको र त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष भईसकेका प्राध्यापक गुणनिधि न्यौपानेलाई कानुनका अधिकांश विद्यार्थीले गुन फर्काउने मौकाको रुपमा उपयोग गर्ने भएका छन् । आफुलाई शिक्षा दिएका गुरुप्रति गुन लगाउने मौका सधै नआउने भएकाले अहिलेको दुलर्भ अवसरलाई उपयोग गर्ने उनीहरुले बताएका हुन् ।
नेपाल कानुन व्यवसायी परिषदको बाग्मती प्रदेश पार्षद पदमा उनले बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहबाट उम्मेदवारी दिएको भएपनि कम्युनिष्ट तथा अन्य पक्षका विद्यार्थीहरुले समेत उनलाई मतदान गर्ने मनस्थिति बनाएका हुन् ।परिषद्को निर्वाचनमा अधिकांश मतदाता विद्यार्थी हुने र उनीहरुले पार्टी भन्दा गुरुप्रतिको भावनात्मक नातालाई महत्व दिने भएकाले न्यौपानेले जित्ने सुनिश्चत जस्तै देखिएको छ ।
नेकपा निकट उम्मेदवारसँग प्रचार प्रसारमा हिड्नेहरुले पनि गुणनीधि सरको व्यक्तित्व, शालिन स्वभाव, क्षमता, बौद्धिकता र प्राज्ञिकताका अगाडि उनका प्रतिस्पर्धी चिन्तामणी ज्ञवाली निकै फुच्चे भएको महसुस भएको बताउने गरेका छन् । उनीहरुले उम्मेदवारी घोषणा दिइसकेकाले प्रचारप्रसार गर्न हिड्नु पर्ने बाध्यता रहेपनि जित्ने संभावना भने अति न्युन रहेको सहजै स्विकार्ने गरेका छन् । न्यौपानेसँग प्रतिश्पर्धा गर्न ज्ञवालीभन्दा उच्च व्यक्तित्व भएको अर्को व्यक्तिलाई उम्मेदवार बनाउन नसक्नु नै आफुहरुको कमजोरी भएको उनीहरुको भनाई छ ।
२०३६ सालमै कानुनमा स्नातक तह पूरा गरेका न्यौपानेले २०३८ सालबाटै कानून व्यवसायीका रुपमा काम थालेका हुन् ।२०४७ सालमा प्राध्यापक भएका न्यौपाने २०४९ मा उपप्राध्यापक, २०५६ मा सहप्राध्यापक र २०६६ मा प्राध्यापक भए ।२०६८ सालदेखि २०७२ सालसम्म त्रिभूवन विश्वविद्यालयको रेक्टर भएर काम गरेको अनुभव न्यौपानेसँग छ ।
तीन दशकभन्दा लामो समयसम्म कानूनी सेवामा सक्रिय रहेका न्यौपानेले देशविदेशमा अध्ययन गरेको अनुभव पनि संगालेका छन् । त्रिभुवन विश्वविद्यालयको रेक्टरको पदावधि सकिएपछि उनी अध्यापनमै फर्किएका थिए । २०५६ मै नेपाल प्राध्यापक संघमा महासचिवको जिम्मेवारी पूरा गरी प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्ष भएर काम गरी सकेकाले पनि उनको व्यवसायिक, प्राज्ञिक र सांगठनिक क्षमता उच्च देखिएको हो ।
यही माघ २५ गते हुने परिषद्को निर्वाचनबाट पार्षद् निर्वाचित भएमा आफूले गर्ने कामहरुको लक्ष्य र प्रतिबद्धता समेटेर उनले घोषणापत्र सार्वजनिक गरेका छन् । वरिष्ठ अधिवक्ता न्यौपानेले परिषद् ऐन २०५० मा समयानुकुल संशोधन गर्न, वरिष्ठ अधिवक्ताको उपाधि परिषद् समेतको सल्लाह र सिफारिसमा निश्चित मापदण्ड अनुसार प्रदान गर्न, कानुन व्यवसायीको शुद्धिकरण र व्यवसायिक मर्यादामा जोड दिई विद्यमान आचारसंहिताबाट कारवाही वा निलम्बन गर्ने प्रावधानको सट्टा ऐनमा नै संशोधनमार्फत वा छुटै नँया ऐनमार्फत सो सम्बन्धी कानुन निर्माण गर्न पहल गर्ने अठोट गरेका छन् ।
’कानुन व्यवसायीको फर्म (कार्यालय) दर्ताको लागि परिषद्लाई नै अधिकार दिने गरी ऐन संशोधन गर्न, कानुन विषयको अध्ययन अध्यापन हुने सबै विश्वविद्यालयहरुको समन्वय र सहकार्य गर्दै गुणस्तरीय कानुनी शिक्षाको विकासका आवश्यक मापदण्ड निर्धारण गर्न, कानुन व्यवसायीको सामाजिक सुरक्षाको लागि कल्याणकारी कोषको व्यवस्थालाई प्रभावकारी बनाउन म कटिबद्धत छु,’ उनको घोषणा पत्रमा लेखिएको छ ।
नवोदित कानुन व्यवसायीहरुको पेशाप्रति आर्कषण र आत्मविश्वास बढाउँदै काम गर्ने वातावरण सृजना गरी अल्पकालीन, मध्यकालीन र दिर्घकालीन सीपमूलक व्यवसायिक प्रशिक्षणको लागि पाठ्यक्रम तयार गरी प्रशिक्षण दिन, वरिष्ठ अधिवक्ता र नवप्रवेशी सबै तहका कानुन व्यवसायीहरुलाई आवश्यकता अनुसारको तालिम गराउन छुट्टै प्रशिक्षण केन्द्रको स्थापनामा गर्न विशेष जोड दिने उनले उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
फागुन ४, २०८१ आइतबार
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार