राजकुमारी प्रेरणाको दाइजो र सर्वोच्चको फैसला:- अदालत अन्यायको साक्षी र मतियार बन्यो
नेपालबहस संवाददाता
माघ २५, २०७६ शनिबार १९:४९:२५
सन्तान नभएका थुप्रै नेपाली नेताहरूका सम्पत्ति कुनै कारणले उनीहरूको निधन भयो भने त्यसपछि उनीहरूको सम्पत्ति पनि राज्यको हुने हो ? राजा बीरेन्द्र र उनका सवै हकवालाको हत्या भयो । उनका नजिकका नातेदारमा राजकुमार ज्ञानेन्द्र मात्रै जीवित रहे ।
नेपालको कानुन अनुसार ज्ञानेन्द्र राजा बीरेन्द्रको निजी सम्पत्तिका हकवाला हुन् । हकवाला भएका कारण कानुन बमोजिम उनको नाउँमा आएको सम्पत्तिको कुनै भाग उनले आफ्नी छोरीलाई दिए । पछि सरकारले राजा बीरेन्द्रको सम्पत्ति सरकारीकरण गर्ने निर्णय गरे अनुसार प्रेरणालाई राजा ज्ञानेन्द्रले दिएको जमिन पनि सरकारीकरण गरेछ ।
एक त बीरेन्द्रको नाउबाट ज्ञानेन्द्रको नाउमा आएको सम्पत्तिलाई सरकारीकरण गर्ने निर्णय नै गैह्रकानुनी र अन्यायपूर्ण हो । त्यसमाथि छोरीले बाबुबाट पाएको सम्पत्ति खोस्नु झन् अन्याय हो । हाम्रो धर्म र संस्कृतिमा पनि स्त्रीधनलाई खोस्नु महापाप मानिन्छ ।
नागरिक सरह भएका राजा ज्ञानेन्द्रले अन्य नागरिक सरह अपुतालीको हक पाएनन । यो त सडकमा हिरो हुन सरकारबाट भएको स्वेच्छाचारी निर्णय हो ।व्यक्तिको सम्पत्तिको अधिकारको हनन हो । राजा बीरेन्द्रको यसरी सरकारीकरण भएको जग्गा जमिनको ९० प्रतिशत अंश सत्तारूढ दल र सरकारका प्रमुख नेतृत्वहरू निकटको एक व्यापारिक समूहलाई कौडीको भाउमा सरकारले बकस दिएको समाचार माध्यमहरूले भनिरहेका छन् ।
झन् गम्भीर कुरो त अदालत पनि सरकार र सडकलाई खुशी पार्न त्यो अन्यायमा साझेदार बन्यो । त्यो अन्यायलाई अहिले प्रमाणीकरण गरिदियो अदालतले । अदालत अन्यायको साक्षी र मतियार बन्यो ।
राजा बीरेन्द्र र ज्ञानेन्द्रको सम्पत्ति बारेको सरकारको निर्णयलाई आधार मान्ने हो भने त सन्तान नभएका थुप्रै नेपाली नेताहरूका सम्पत्ति कुनै कारणले उनीहरूको निधन भयो भने त्यसपछि उनीहरूको सम्पत्ति पनि अब राज्यको हुने भयो । त्यस्तै स्थितिमा अदालतका न्यायाधीशहरूको हकमा पनि त्यही हुने भयो । अनि जनताको हकमा पनि त्यही लागु हुने भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्मा पेस
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार