आईजीपीको लागि दौडधुप जारी, ज्ञवालीको संभावना बलियो
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार १९:१०:३१
२६ माघ, काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षकका लागि डीआईजी ठाकुर ज्ञवालीको संभावना बलियो देखिएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहान गृहमन्त्री रामबहादुर थापालाई यस्तो संकेत गर्नु भएको स्रोतले बताएको छ ।
आगामी २९गते बुधबारदेखि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पदावधि सकिंदै छ । महानिरीक्षक खनालसँगै उनका समव्याची एआईजीहरुसमेत सोही मितिबाट अवकाश लिंदैछन् । अवकाश हुन लागेका आईजीपी, एआईजीपी र डीआईजीपीहरुले ३० बर्षे प्रावधान हटाउने लबिङ तीव्र बनाएपनि त्यसलाई कसरी सम्बोधन गर्ने भनेर प्रष्ट हुन सकेको छैन् । प्रहरी नियमावली बमोजिम ३० वर्षे सेवा अवधि पूरा गरी उनीहरु पदमुक्त हुन लागेका हुन् । उनीहरुसँगै ठूलो मात्रामा प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूले समेत अवकाश पाउँदैछन् ।
अवकाश पाउन लागेका आईजीपीसहित एआईजी र डीआईजीहरू २९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यसैगरी, डीआईजीहरू मनोज न्यौपाने, शेरबहादुर बस्नेत, केदार रिजाल, नारायणसिंह खड्का, पूर्णचन्द्र जोशी, कमल जिटी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, रामप्रसाद श्रेष्ठ, पिताम्बर अधिकारी, बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, दीपक थापा, सुरेशविक्रम शाह, महेशविक्रम शाह, महेन्द्र पोखरेल, सुरज केसी, दिनेश अमात्यसहितले अनिवार्य अवकाश पाउँदैछन् ।
आईजीपी र एआईजीहरूले एक साथ अवकाश पाउने भएपछि आईजीपी र एआईजीमा बढुवाका लागि डिआईजीहरूको दौडधुप सुरु भएको छ । खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतले अवकाश पाउने भएकाले नयाँ आईजीपी पनि डीआईजीबाटै ल्याउनु पर्ने अवस्था रहेको छ ।
सोही बमोजिम प्रस्ताव तयार गर्न आज बिहान प्रधानमन्त्रीले आफूलाई अह्राएको कुरा गृहमन्त्री थापाले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बताएको स्रोतले जनाएको छ । यसबारे पूर्वमाओवादी पक्षले आफूले चाहेको व्यक्ति नै भावी महानिरीक्षक बन्नु पर्ने सोच राखेको बुझिएको छ । हाल ज्ञवाली र अर्का डिआईजी तारणीप्रसाद लम्साल प्रतिस्पर्धामा छन् ।
प्रदेश नं. १ र सुदूरपश्चिम प्रदेश प्रमुख रहेका यी दुबै हाल आफ्नो पक्षमा लबिङ गर्न राजधानी आएका छन् । दुबैजनाले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । प्रचण्डले पनि यसबारे कसलाई बनाउने भनेर गृहमन्त्रीसँग घनिभूत छलफल गरी सक्नु भएको छैन । तर आज साँझसम्म यसबारे छलफल हुने र तय गरिने स्रोतको भनाई छ ।
प्रधानमन्त्रीले ज्ञवालीको नाम प्रस्ताव गरेको हल्ला अहिले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पनि फैलिएको छ । जसले गर्दा ज्ञवालीलाई फोन गरेर बधाई दिनेको लर्काे नै लागेको गृह स्रोतको भनाई छ । ज्ञवाली अहिले गृह मन्त्रालयमै रहेको पनि स्रोतले जनाएको छ ।
उता, अर्का आकांक्षी लम्साल भने नेकपा अध्यक्ष प्रचण्डसँग निर्णायक वार्ता गर्ने प्रयासमा रहेका छन् । संभवतः आज दिउँसो लम्सालले प्रचण्डलाई भेटी आफ्ना कुरा राख्ने छन् – स्रोतले बताएको छ । तर गृहमन्त्री थापा स्वयं पनि ज्ञवालीको पक्षमा सकारात्मक रहेकाले प्रचण्डले मात्रै चाहेर पनि हुने अवस्था कमजोर रहेको बुझाई स्रोतको रहेको छ ।
दुबै मध्ये जो भएपनि उनको कार्यकाल भने पाँच महिना मात्र हुने अवस्था छ । किनभने ज्ञवाली र लम्साल दुबैजना आउने असारमा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश प्राप्त गर्दैछन् । उनीहरू आईजीपी सर्वेन्द्र खनालका वैकल्पिक ब्याची हुन् । तीनै जनाले २५ असार २०४७ बाट प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । उनीहरूमध्ये आईजीपी हुनेको पदावधि पाँच महिना मात्र हुने छ ।
मन्त्रिपरिषदको अब बस्ने बैठकले यसबारे टुंगो लगाउने छ । स्रोत भन्छ, भोलि सोमबारका लागि बैठक राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार